काठमाडौँ । काठमाडौँ तारकेश्वर नगरपालिकाले इतिहाँसमा पहिलो पटक डा. (विद्यावारिधी) उपाधि प्राप्त प्रमुख प्रशासकीय अिधकृत पाएको छ ।
संघीय राजधानीकै उत्तरपश्चिममा रहेको नगरपालिकाले लामो अनुभव प्राप्त प्रमुख प्रशाकीय अधिकृत पाएको हो । नगरपालिकामा केहि समययता प्रमुख प्रशसकीय अिधकृत रिक्त भएपछिे मेयर कृष्णहरि महर्जनले भर्खरै डा. कृष्णबहादुर घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा भित्र्याएका हुन् ।
नेपालको गृह प्रशासन, सामान्य प्रशासनमा समेत लामो अनुभव भएका डा. घिमिरेको आगामनसँगै तारकेश्वरले विकास निर्माणमा नयाँपन कायम गर्ने आशा गरिएको छ ।
हुम्ला, प्यूठान, मोरङ र धनकुटा जिल्ला प्रशासनको नेतृत्व (प्रमुख जिल्ला अधिकारी) को सफलता पूर्वक सम्हालेका डा. घिमिरेले दोस्रो पटक स्थानीय तहको नेतृत्व गरेका हुन् । आफूले पहिलो पटक मोरङको सुन्दरहरैचा नगरपालिकामा सफल जिम्मेवारी निर्वाह गरेको बताएका डा. घिमिरेले तारकेश्वर नगरपालिकाको नेतृत्व गरेसँगै प्रभावकारी रुपमा प्रशासन सञ्चालन गर्दै विकासका रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नगर सुधारका पाँच रणनीति
तारकेश्वर नगरपालिकाकाको ‘डाक्टर’ उपाधि प्राप्त गरेको पहिलो प्रशासकीय अधिकृत घिमिरेले नगरपालिकालाई स्वच्छ, प्रभावकारी, निष्पक्ष, पारदर्शी, जवाफदेही र प्रभावकारी रूपमा सञ्चालन गर्ने बताए ।
‘स्थानीय तहको प्रशसनको नेतृत्व मैले पहिलो पटक गर्ने अवसर प्राप्त गरेको छु’, डा. घिमिरेले नेपालवोटसँग भने, ‘नगपालिकाका कामलाई कसरी प्रभावकारी बकनाउने ? भन्ने बारेमा अहिले म आन्तरिक रणनीति निर्माण गरिरहेको छु ।’
नगरपालिकाको कामकाजमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने पहिलो रणनीति रहेको बताएका डा. घिमिरेले नगरको विकासको लक्ष्य हाँसिल गर्न खुला सञ्चार च्यानल, नियमित रिपोर्टिङ, निर्णय र प्रक्रियाको स्पष्ट दस्तावेजीकरणको महत्वमा जोड दिने जनाए ।
नगरपालिकाका मेयरले आफू निर्वाचित हुँदा जारी गरेको चुनावी घोषणा पत्र, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र अन्य विभिन्न समयमा जारी भएका लक्ष्य र प्रतिवद्धताको आफूले अध्ययन गरिरहेको जानकारी दिएका डा. घिमिरेले नगरपालिकाबाट प्रदान गरिने सेवा र सुविधालाई सेवाग्राहीमैत्री बनाउन कुनै कसुर बाँकी नराख्ने दावी गरे ।
‘नगरपालिकाका निर्धारित लक्ष्य र प्रमुख उपप्रमुखले मतदातासँग गरेका बाचा पुरा गराउन नगरले ठोस लक्ष्यसहितको आवधिक योजना निर्माण गरिने छ। आवधिक योजना मुताविक नगरका हरेक विकासका गतिविधिहरुको लक्ष्य निर्धारण गरिनेछ,’ उनले थपे ‘नगरका हरेक निर्णय प्रक्रियामा नागरिकको सहभागितालाई बलियो बनाउनु मेरो नेतृत्वको तारकेश्वर नगरपालिकाको दोस्रो रणनीति हो ।’
नगरपालिका भित्रका नागरिकको आवाज सुन्न आवधिक रुपमा सामुदायिक बैठक, सार्वजनिक सुनुवाइ र परामर्श महत्वपूर्ण माध्यमहरू रहेको बताए डा. घिमिरे भन्छन् ‘कार्यालयबाट हुने कामलाई हुन्छ र नहुने कामलाई अब देखि नगरपालिकाले यो यो कागज पुगेन त्यो पुर्याउनु होला भन्नु प्रशासनिक इमानदारिता हो । यदि पुर्याउनु पर्ने कागजात नगरपालिकाले दिनु पर्ने हो भने त्यसकोलागि सम्बन्धित वडाका कर्मचारीलाई फोन गरिदिने र कति समयमा सकिन्छ भन्ने समेत सेवाग्राहीलाई लिखितरुपमा जानकारी गराउने प्रर्णालीको थालनी मेरै कार्यकालमा नगरपालिकामा शुरु गराइने छ ।’
सरसफाइ, स्वास्थ्य, शिक्षा, पूर्वाधार जस्ता आधारभूत सेवाहरूलाई प्रभावकारी रूपमा उपलब्ध गराउनु घिमिरेले तेस्रो प्राथमिकता तय गरेका छन् । जसमा नगरपालिकाको अमिन सेवा र लेखा शाखालाई चुस्त बनाउने लक्ष्य उनले लिएका छन् ।
दक्ष जनशक्तिको विकास गर्नु आफूले नेतृत्व गरेको तारकेश्वरको चौथो रणनीति रहेको प्रक्रिया दिएका प्रशासकीय अधिकृत डा. घिमिरेले नागरिकलाई गुणस्तरीय सेवा पुर्याउनु नगरपालिकाका कर्मचारीहरूलाई पर्याप्त तालिमले कार्य क्षमतामा निखार ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
पाँचौं रणनीति अन्तरगत मैले नगरपालिकाको कार्यशैलीमा नवीनता र रचनात्मकतालाई प्रवद्र्धन गर्नमा तय गरेको छु’ उनले भने ‘नयाँ र राम्रो काम गर्ने तरिकालाई प्रोत्साहन गर्यो भने नगरपालिका र यसका नागरिकहरूको लागि राम्रो नतिजा ल्याउने भएकाले नगरप्रशासनले यसमा आप्mनो रणनीति तय गर्छ ।’
हुम्ला जिल्ला प्रशासनको नेतृत्व गरेको डा. घिमिरेले जिल्लाको सदरमुकाम सिमकोटमा खेल मैदान निर्माणको नेतृत्व लिएका थिए । उत्तरी सिमा जोडिएको चिनिया पक्षसँगको समन्वयात्मक वार्ता गरेर वस्तुगत सहायता भित्र्याउन सफल नेतृत्व गरेका डा. घिमिरेले स्थानीय प्रशासनलाई सेवाग्राही मैत्री बनाउन सफल रणनीति अख्तियार गरेका थिए ।
हुम्लाबाट प्यूठान जिल्ला प्रशासनको नेतृत्व गर्न पुगेका डा. घिमिरेले त्यहाँपनि स्थानीय प्रशासनलाई प्रभावकारी नेतृत्व गरेका थिए । प्यूठानबाट मोरङको सुन्दरहरैचा नगरपालिकामा सफल जिम्मेवारी निर्वाह गरेपछि युवा तथा खेलकुद मन्त्रालय पुगेका डा. घिमिरेले स्थानीय प्रशासन, स्थानीय तह देखि संघीय सरकारको मन्त्रालयको समेत सफल अनुभव गरेका छन् ।