सिमकोट । हुम्लाका सातवटै गाउँपालिकामा भ्रष्टाचार गरेको रकमबाट जिल्लाका जनप्रतिनिधिहरु चिसो छल्न तराईमा झर्ने गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी कमल सिंह बुढा (विस्वदिप)ले आरोप लगाएका छन् ।
शनिबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा सन्चालन भएको जनसभा कार्यक्रममा जिल्ला सेक्रेटरी विश्वदिपले यस्तो कुरा बताएका हुन् । विश्वका श्रमिकहरु एकजुट होऔँ, माक्सबाद लेनिनबाद, माओबाद जिन्दाबाद एकिकृत जनक्रान्ति जिन्दाबाद भन्ने मुल नाराका साथ हुम्लाको सदरमुकाम सिमकोटमा आयोजना गरेको जनसभा कार्यक्रममा बुढाले यस्तो बताएका हुन् ।
पुँजिबादी दलाल संसदिय व्यवस्थाको विकल्प बैज्ञानिक समाजबाद जनसभा कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी विश्वदिपले हुम्लाका सातवटै गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भ्रष्टाचारीको संज्ञा दिएका थिए । उनले हुम्ला जिल्लाका ५५ हजार भन्दा बढि नागरिकको नाममा आएको करोडौँ रकमलाई अनियमितता गर्दै जनप्रतिनिधिले आफ्नो व्यक्तिगत काममा खर्च गर्ने गरेको आरोप लगाए ।
जिल्लामा विभिन्न विकासे काममा छुट्याएको रकमबाट भ्रष्टाचार गर्दै हिउँदका समयमा चिसो छल्नकै लागि तराई झर्ने गरेको विश्वदिप सिंले जानकारी दिए । सरकारले प्रत्येक नागरिकलाई काम गरेर खाउ भनेर पठाएको रकमलाई हिनामिना गर्दै हुम्लाका जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी, भाईबहिनीलाई खर्च गर्ने गरेको दावी गरे ।
विहान ११ वजेबाट सदरमुकाम सिमकोटमा सन्चालन भएको जनसभा कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज कुम्भ बुढा ९निर्माण०को अध्यक्षता तथा उत्तर कर्णालीका इन्चार्ज रंगविर परियार (संगम)को प्रमुख आतिथ्यमा सन्चालन भएको थियो ।
सो कार्यक्रममा उक्त पार्टीले विभिन्न सांस्कृतिक कार्यक्रम देखाएको थियो । कार्यक्रममा बोल्दै उत्तर कर्णालीका इन्चार्ज संगम सिले आफ्नो पार्टीले पुजिबादी, भ्रष्टाचारीका विरुद्ध र देशको बढ्दो महङगीलाई न्युनिकरणका लागि अभियान सदैव रहने जानकारी दिए ।