चैत १६, काठमाडौं । अमेरिका लैजाने भन्दै कर्णाली प्रदेशका दुई सांसदको मिलेमतोमा मानवतस्कर हुन लागेको समाचारको साँसद अमरबहादुर थापा र सिता नेपालीले खण्डन गरेका छन् ।
साँसदसँगको मिलेमतोमा अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै लाखौ रुपैया ठगी गरेको भन्ने समाचार प्रकासितमा आएपछि साँसदद्धयले उक्त खण्डन गरेका छन् ।
अनलाइनमा आएको समाचारप्रति आप्mनो गम्भीर ध्यानकर्षण भएको बताएका कर्णाली प्रदेशका साँसदले समाचारले आप्mनो मान मर्दन गरेको दावी गरेका छन् ।
अमेरिकाको कानुन अनुशार स्थापित ओएस नेपाल नामक संस्थाले अमेरिकामा मार्च ११, २०१९ मा राष्ट्रिय विकासमा महिलाको भूीमका विषयक कार्यक्रममा आफूहरुलाई कार्यक्रममा निमन्त्रणा गरेको दावी गरेका छन् ।
कर्णाली प्रदेश सभाका साँसदद्धय अमरबहादुर थापा र सिा नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “उक्त कार्यक्रममा हामी लगायत अन्य १५ जना सहभागि कार्यक्रममा सहभागि हुने भनिएको र उक्त कार्यक्रममा सहभागि हुन जाने अन्य सहभागिको परचय मागेपछि उनिहरुको पदिय जिम्मेवारी र सामाजिक मर्यादालाई मध्येननजर गर्दै उनिहरुसँग नजाने निर्णय गरी हामिले २०७१ फागुन २१ गते नै हाम्रो (साँसदद्धयको) सहभागिता नहुने भनि आधिकारिक जानकारी ओएस संस्थाका संस्थापक केशरबहादुर कार्कीलाई जानकारी समेत दिई सकेका थियौं ।”
आफूमाथि लगाएको आरोप मित्थ्य भएको भन्दै प्रकासित समाचारप्रति ध्यानाकर्षण भएको बताएका साँसदद्धय थापा र नेपालीले साँसदको सहभागितामा कार्यक्रम गर्ने भन्दै मानव तस्कारी गर्नेलाई कारबाहीको माग समेत गरेका छन् ।
फागुनमा भएको उक्त कामको बारेमा समाचार प्रकासित नभएसम्म कुनै मुख नखोलेका साँसदले समाचार प्रकासितमा आएपछि विज्ञेप्तीबाजी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।