काठमाडौँ । सरकारले आर्थिक वर्ष ०७९/८० को निति तथा कार्यक्रममा हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने प्राथमिकता पुनः दोहोर्याएको छ ।
एक दशकयता हरेक आर्थिक वर्षका नीति तथा कार्यक्रममा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने प्राथमिकता दिएर बजेट ल्याइएपनि अँझै पुरा हुन सकेको छैन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कर्णाली कोरिडोर मार्फत हुम्ला सदरमुकाम सिमकोटलाई रराष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी योजना बजेट अभाव र कार्यान्वयनमा भएको ढिलाईका कारण अँझै पुरा हुन सकेको छैन् । तर सरकारले शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो प्रतिवद्धता पुनः दोहोर्याएका छन् । नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा पनि हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिने भएको छ ।
जुन सडक खण्ड उत्तर–दक्षिण (कर्णाली करिडोर) भित्र पर्छ । ७७ जिल्लामध्ये हुम्ला मात्र सडक सञ्जालमा जोडिएको छैन ।
चालु आर्थिक वर्षमै जोड्ने गरी काम थालिए पनि अप्ठ्यारा भीर फोरेर सडक बनाउन धेरै समय लागेकाले आगामी आर्थिक वर्षको फागुनसम्म हुम्ला सडक सञ्जालमा जोडिने दाबी सडक विभागको छ ।
आर्थिक वर्ष ०८०/८१ को निति तथा कार्यक्रममा पनि आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जलासँग जोडिने जनाइएको छ । त्यस्तै आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सबै स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेशको केन्द्र वा नजिकको राष्ट्रिय राजमार्गसँग पक्की सडकले जोडिने छ ।
लामो समय देखि निर्माण शुरु भएपछि कर्णाली कोरिडोर अन्तरगत सर्केगाड गाउँपालिकाको ग्यूसी देखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म गरेर झण्डै सात किलोमिटर ट्रयाक खोल्न अँझै बाँकी छ । हिल्सा सिमकोट सडक आयोजना मार्फतका निर्माण कम्पनीले काममा ढिलाई भएपनि सरकारले नेपाली सेना मार्फत उक्त खण्डको ट्रयाक खोल्ने काम भैरहेको छ ।