सिमकोट । हुम्लामा प्रहरीले घरघरमा स्टिकर टाँस अभियान सुरू गर्न थालेको छ । शीघ्र खबर संकलन, सम्बन्धित निकायको पहुँच र सुरक्षाको अनुभूति नागरिक मैत्री सेवाको अपरिहार्यतालाई प्रभावकारी बनाउने उदेश्यले कर्णालिका दश वटै जिल्लामा उक्त अभियनाको थालनि गरेको प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताए ।
अभियानले सबै नागरिकहरुलाई प्रहरी सेवामा सहज पहुँचको लागि प्रत्येक घरघरमा नजिकका प्रहरी युनिटहरुको फोन नम्बरसहित स्टिकर टाँस गरिएको छ । आइतबार विहान ८ वजे जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्माको हातबाट सदरमुकाम सिमकोटको वडा नम्वर ५ स्थित पदम रावतको घरमा स्टिकर टाँस गरि अभियानको उद्घाटन गरिएको हो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख सर्माले जनताको ज्युधनको सुरक्षा, मानव अधिकारको रक्षा, गाउँ गाउँमा हुने विभिन्न अपराधीक घटनाको न्युनिकरणका लागि उक्त अभियान गरिनुलाई सकारात्मक पक्ष रहेको बताए ।
त्यस्तै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले भने प्रहरी र समुदायविच एक आपसमा सम्वन्ध प्रगट हुने र स्थानयि पनि प्रहरीको पहुँजमा जोडिने प्रतिक्रिया दिएका थिए ।
जिल्लाका जुनसुकै क्षेत्र वा भूगोलमा बसिरहेका नागरिकहरुले कुनै शंकास्पद चिज वस्तुहरु थाहा पाएमा, देखेमा वा आफुले असुरक्षित महसुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अन्य व्यक्तिहरुको साहरा लिन नपरोस र आफै टेलिफोनमार्फत प्रहरीमा सिधा कुरा पुर्याउन सहयोग हुने अपेक्षा प्रहरीले गरेको छ ।
नागरिकहरूको सूचना अनुसार नजिकको प्रहरी छिटो भन्दा छिटो घरघरमा पुगी आवश्यक सुरक्षा पुरÞ्याउन सकियोस, आपराधिक गतिविधिहरु निरुत्साहित गर्न सकियोस र नागरिकहरुलाई अझ नजिकबाट सेवा दिन सकिने मुख्य उदेश्य रहेको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
उनले कतिपय नागरिकहरुले प्रहरीको फोन नम्बर थाहा नभएको कारणले गर्दा तत्काल जानकारी दिन नसक्ने र ढिलो खबर गर्ने बाध्यताको कारण अपराधी भागि सकेको हुन सक्ने तथा नागरिकलाई सुरक्षाको अनुभूति हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै अभियानलाई नियमित रुपमा सञ्चालन गरिने भएको बताए ।
उक्त अभियान हुम्लाको सिमकोट गाउँपालिकाको समन्वयमा सन्चालन भएको प्रहरीले जनाएको छ । प्रहरीले थालेको अभियानले हुम्लाका विभिन्न गाउँ टोलमा हुने कुनै पनि अपराधिक घटनाहरु न्युनिकरण हुन सक्ने सम्भावना देखिएको छ ।