सुर्खेत । नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश रंगशाला निर्माणको श्रेय दुई पुर्व मुख्यमन्त्रीलाई जाने बताएका छन् ।
कर्णाली प्रदेशको गौरवको आयोजनाका रुपमा अघि सार्न, त्यसमा बजेट विनियोजन गर्न र निर्माण कार्यको पटकपटक अनुगमन गर्ने जस्ता काममा माओवादी नेता तथा पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आफूले नेतृत्व गरेको दावी गरेका पुर्वमुख्यमन्त्री शाहीले रंगशाला निर्माणको शुरुवातीमा कुरा काट्नेहरु पछिल्लो संरचना बनेपछि त्यसको श्रेय लिन मरिहत्ते गरेको आरोप लगाए ।
‘त्यतिखेर कर्णाली जस्तो दुर्गम ठाउँमा यत्रो संरचना कसरी बन्न सक्छ ? भनेर प्रश्नचिन्ह खडा गर्ने काम भएको थियो । त्यतिखेर कैयोको सोचाई त टेण्डर सेण्डर गरेर आर्थिक प्रलोभनमा पर्ने काम मात्र हो भनेको कुरा छरपष्टै थियो’ उनले थपे ‘जसले जस्तासुकै आरोप लगाएपनि हामी कामले प्रमाणीत गर्छौ भन्ने अठोटका साथ बजेट र ध्यान लगाएको थियौं जसको परिणामा आजको रंगशालाको संरचना निर्माण भएको छ ।’
रंगशालाको संरचना अहिलेको आकारमा आउनलाई पहिलो श्रेय पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र दोस्रोमा आफूले पाउनु पर्ने बताएका शाहीले कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वमित्र सञ्ज्यालको आग्रहमा शुरुदेखि नैं तत्कालिन मुख्यमन्त्री शाहीलाई कन्भिन्स गर्ने, बजेट नभएको अवस्थामा समेत तत्काल ३५ करोड बजेटको व्यवस्था गर्ने, सरकारको नेतृत्व गरेको हैसियतले रंगशाला निर्माणको संझौता गर्ने, सिलान्यास गर्ने, कामको पटक–पटक स्थलगत अनुगमन गर्ने काममा लागेको हिसाबले पनि आप्mनो ठूलो योगदान रहेको दावी गरे ।
‘रंगशालाको काम शुरु हुँदा चार दिवाल भित्र ढोका बन्द गरेर के काम भैरहेको छ ? भन्ने टिका टिप्पणी गर्ने काम पनि भयो । बाहिर अनेक अफवाह फैलाउने काम भयो । काम भैरहेको बेला सूचना लिने नाममा अनेक मानसिक तनाब दिने काम भयो । अन्तमा सूचनाको हक प्रयोग गरे पनि अनावश्यक दुःख दिने काम भयो । यसले गति लिंदै गर्दा पछि रिर्पोट दिंदा नलिने काम पनि यहि रंगशाला निर्माणका क्रममा भयो’ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य समेत रहेका शाहीले थपे, ‘महेन्द्रबहादुर शाहीका बिरुद्धमा अविश्वाशको प्रस्ताव आएको थियो । कंग्रेसको थोरै सिट भएपनि केहि एमालेकै साथीहरुकै प्mलर क्रस गरेपछि माओवदाीका शाहीलाई विश्वाशको मत दिन सफल भयौं । त्यसपछि प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सरकारमा सहभागि भयो । नेपाली कंग्रेसकोतर्फबाट दुई जना मन्त्री (सामाजिक मन्त्रालय र जलश्रोत मन्त्रालय) हामीले प्राप्त गर्यौं । त्यहि बेला बजेटको प्लानिंङ्ग भैरहेको थियो । तर सामाजिक मन्त्रालयबाट खेलकुदलाई झिकेर आन्तरिक मन्त्रालयमा लगिएको थियो । जसको बजेट १२ करोड मात्र थियो । त्यस्तो बेलामा पनि हामीले खेलकुदलाई सामाजिक विकास मन्त्रालयमै ल्याउने देखि रंगशाला निर्माणका लागि ३५ करोड बजेट विनियोजन गर्ने काम समेत गरेको हौं ।’
गएको मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन पश्चात २०७९ को पुस १० गते केहि गड्याङ्गगुडुङ्ग भएपनि आप्mनो पार्टी नेपाली कांगेस कर्णाली प्रदेश सरकारमा निरन्तर रहेको उल्लेख गरेका शाहीले हाम्रो पार्टी सरकारमा छ । अर्थमन्त्री मेरै कांग्रेसकै दलका अर्थमन्त्री भएको वेला गएको असारमा रंगशाला निर्माणलाई पुग्ने प्रयाप्त बजेट ८५ करोड रकम विनियोजन गर्ने काम गरेको बताए ।
आफू मुख्यमन्त्री हुँदा निर्माण संझौता भएको र आफैले सिलान्यास गरेको उल्लेख गरेका शाहीले मुख्यमन्त्रीको पदमा रहँदा नैं रंगशाला निर्माण कामको ३४ पटक स्थलगत अनुगमन गरेर ताकेता गर्ने काम गरेको जिकिर गरे ।
‘अहिलेको रंचना देख्दा केहि साथिहरुले हामीले देखेको सपना हो भनेर भन्ने गरेको सुने । सपना मात्रै देख्ने भएको भए कर्णालीमा देखिका थुप्रै सपना किन अलपत्र परेको त ? उहाँहरुले देखेका सपनाको हातल हामीले देखेका छौं । जस्तो थारा, पिलुको सपना देख्यौं । हाइटेकको पनि ठूलो सपना देख्यौं तर कुनैपनि पुरा भएन’ पुर्वमुख्यमन्त्री शाहीले थपे ‘राम्रा काम भएमा जस लिने प्रचलन नेपालमा सामान्य भएको आरोप लागउँदै रंगशाला निर्माणको काममा प्रदेश खेलकुदका पदाधिकारी, त्यसमा पनि सदस्य सचिव, निर्माणको जिम्मा लिएको ठेकदार कम्पनी, प्राविधिकहरुको अथक प्रयासका वावजुत रंगशालालले आकार लिएको हो ।’