सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृच्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
नयां नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि अन्तिम विकल्पका रुपमा मतदान प्रक्रिया शुरु गकेको छ ।
प्रथम प्रदेश अधिवेशन निर्वाचन कमिटिद्वारा प्रस्ताव गरेको निर्वाचन तालिका बन्दसत्रले पारित गरेको छ ।
तालिका अनुशार अहिले ३ बजे मतदाताको नामावली प्रकाशन, ३:०० बजेदेखि ३:३० सम्म मतदाता नामावलीमाथि दावि बिरोध, ४बजे मतदाताको अन्चिम नामावली प्रकाशन, ४:३० देखि ६:३० दरखास्त फारम भर्ने समय तोकिएको छ ।
यसैगरि ६:३० बजे दर्ता भएका उम्मेरदवारको नामावली प्रकाशन, ७:३० - ८:४५ सम्म उम्मेरदवारमाथि उजुरी उजुरी गर्ने,
राती ९:०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ९:०० देखि गर्ने भएको छ । यसैगरि राती ९:३० शनिबार बिहान ८:०० उम्मेरदारी फिर्ता, ९:३० बजे उम्मेरदवारको अन्तिम नामावली प्रकाशन र शनिबार १२:३० बजे जेखि वेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएकोप्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो ।
प्रमुख खनालका अनुशार प्रदेश पदाधिकारीका लागि ५०० र र्प्रदेश कमिटि सदस्यका लागि ३०० रकम तोकिएको छ ।