काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले चाडबाडका मुखमा महंगी र कालाबजारीले चरम रुप लिएको भन्दै सरकारको उपस्थितिमै शंका गरेका छन्।
दशैं, तिहार र छठ जस्ता मुख्य पर्वको मुखमा महंगी शिखरमा पुग्दा सरकारले कुनै हस्तक्षेप गर्न नसकेको भन्दै सांसदहरुले सरकारप्रति आक्रोश व्यक्त गरे।
महंगी र कालोबजारीलाई लिएर एमाले सांसद रघुजी पन्तले कवितामार्फत् सरकारको ध्यानाकर्षण गराए।
‘दर्शं पेस्की आउने कहिले कहिले
पेस्कीमा महंगी आयो,
सरकारका घर त उज्याला होलान्
नहुनेका घरमा अहिले नै अँध्यारो छायो’
सांसद पन्तले सरकारसमक्ष जवाफ माग गर्दै आफ्नो कविता टुङ्ग्याउने क्रममा भनेः
जवाफ देउ सरकार
जनताको दशैं यसपालि कसरी टर्छ ?
पन्तभन्दा अघाडि बोलेकी नेकपा एमालेकै सांसद मेनका कुमारी पोखरेलले महंगी र कालाबजारी पनि नियन्त्रण गर्न नसक्ने सरकार कसका लागि र के का लागिरु भनेर प्रश्न गरेकी थिइन्।
‘अहिले सरकार कसका लागि र के का लागि भनेर प्रश्न उठिरहेको छ। बजारमा महंगी व्यप्त छ। यो देशमा सरकार कसका लागि बनेको छरु,’ पोखरेलले प्रश्न गरेकी थिइन्।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी सांसद बिमला सुवेदीले सोही विषयलाई लिएर सरकारले बजार अनुगमन गर्न आग्रह गरेकी थिइन्। सांसद सुवेदीले आग्रह गरिन्, ‘बेलैमा सरकारले अनुगमन र नियन्त्रण गर्न ध्यानाकर्षण गराउँछु।’
एमाले सांसद भगवति चौधरीले भने सरकाले अनुगमन नै नगरेको आरोप लगाइन्। ‘कालो बजारी र महंगीले गर्दा बजारमा सामान छ, तर व्यवसायीले लुकाउन खोज्छ। त्यसको अनुगमन सरकारले गर्नुपर्ने, गरेको छैन,’ सांसद चौधरीले भनिन्।
माओवादी केन्द्रका सांसद माधव सापाकोटाले भने निर्माण व्यवासयीलाई सरकारले भुक्तानी नगर्दा तल्लो तहका कामदार र ज्यालादारीवालाले ज्याला नपाएको भन्दै भुक्तानी गरिदिन सरकारलाई आग्रह गरेका छन्।
‘दशैं लगायतका सांस्कृतिक पर्वले हामीलाई घेरिरहेको छ। आवश्यक ठेक्का प्रक्रिया पुरा गरेकालाई भुक्तान गरिदिन सरकारसमक्ष आग्रह गर्छु,’ उनले भने।
सांसद मैना कार्कीले चाडबाडका बेला कालाबजारी र विचौलियाबाट ठगिने हुँदा सरकारको ध्यान पुग्नुपर्ने बताइन्। ‘कालोबजारी, बिचौलियाबाट ठगिने जस्ता समस्याहरु आउँदै छन्। यसमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ सांसद कार्कीले भनिन्।
सांसद रञ्जु झाले पनि सरकारलाई प्रश्न गर्दै महंगीको ग्राफ उच्चतम गतिमा रहेकोले जनताले कसरी पर्व मनाउने हुन्रु भन्दै चिन्तासहित चासो प्रकट गरिन्। ‘जनताले चाडबाड मनाउने बेला आएको छ। तर बजारमा महंगी चरम सीमामा छ। कालाबजारी बढेकोले जनताले कसरी चाडबाड मनाउन सक्छरु,’ सरकारलाई आग्रह गर्दै झाले भनिन्, ‘सरकारको ध्यान जाओस्।’