सिमकोट । आइतबार बिहान हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका-५ मा रहेको मानसरोवर माध्यामिक बिद्यालय नजिक बालेरो जिप दुर्घटनाामा परि घाईते तीन जनाको हेलिकप्टरमार्फत जिल्ला बाहिर नेपालगञ्ज उद्वार गरिएको छ ।
आइतबार बिहान सिमकोट देखि ठेहे जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जीप मानसरोवर माबि अगाडी दुर्घटनामा परि चालक सहित ९ जना घाइते भएका थिए ।
बोलेरो जिप दुर्घटना परि घाइते भएका मध्य आकस्मिक बिरामी सिमकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ३४ बर्षिय देवजङ बोहरा, सोही गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष ३५ बर्षिय पामा लामा र वडा नम्बर ४ का हिल्दुम गाउँका हाल सिमकोट गाउँपालिकाको सुस्वा परियोजनाका संयोजक धुर्ब बहादुर शाहीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत अपरान्ह ५ बजे उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनु भयो ।
घाइतेलाई जिल्लामा उपाचार गर्न नसकिने अबस्था भएपछि आकस्मित बिरामी ३ जनालाई उद्धार गरिएको हो । आकस्मित बिरामी उपाचारका लागि नेपालगञ्ज कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा परि अन्य घाइतेलाई उद्वारमा ढिलाइ हुनुका साथै उपचार जिल्लामै हुन नसकिए भोलि उद्वार हुनुका साथै आज ढिला भएकोले भोलि उद्वार हुन सिकने बताइएको छ । दुर्घटनामा परि अन्य घाइते बिरामीको जिल्लामा उपचार गर्न नसकिने भएको छ ।
दुर्घटनामा परि घाइते बिरामीको उद्वारका लागि नेपाली सेनाको हेलिकप्टर ढिला आएपछि अन्य घाइतेको उद्वार हुन नसकेको हो । आइतबार बिहान दुर्घटनामा परि घाइते भएका तीन जनाको उद्वार भएको हो भने अन्यको उद्वार हुन नसकेको हो ।
आइतबार बिहान हुम्लाको सदरमुकाम सिमकोटमा बालेरो जिप दुर्घटनापरि घाईतेको हेलिकप्टर मार्फत जिल्ला बाहिर उद्धार गरिएको छ । बिहान सिमकोट देखि ठेहे जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जीप मानसरोवर माबि अगाडी दुर्घटनामा परि चालक सहित ९ जना घाइते भएका थियो ।
सोही बोलेरो जिप दुर्घटना परि घाइते भएका मध्य आकस्मिक बिरामी सिमकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ३७ बर्षिय देवजङ बोहरा, सोही गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष ३५ बर्षिय पामा लामा र वडा नम्बर ४ का स्थानिय सुस्वा परियोजनाका संयोजक धुर्ब बहादुर शाहीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत अपरान्ह पौने ५ बजे उद्धार गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार घाइतेलाई जिल्लामा उपाचार गर्न नसकिने अबस्था भएपछि आकस्मित बेरामी ३ जनालाई उद्धार गरिएको हो । आकस्मित बेरामीहरुलाई उपाचारका लागि नेपालगंज लगिएको छ । सोही मध्या अन्यलाई जिल्लामै उपचार गर्न सकिने भएकाले जिल्ला अस्पताल हुम्लामा उपचार गरिने भएको छ ।