हुम्ला । आफूलाई नियुक्त दिएको एक वर्षसम्मपनि पारिश्रमिक नपाएको भन्दै अदानचुली गाउँपालिकाका करार कर्मचारीले बिरोध गरेका छन् ।
अघिल्लो सरकारले नियुक्त गरेका करार कर्मचारीहरुको करारनामा आर्थिक वर्ष २०७८।७९ को असार मसान्तबाट नथप्ने निर्णय गरेको गाउँपालिकाले २०७९।०४।०९ को गाउँपालिका कार्यालयको सूचना बोर्ड र मिति २०७९।०४।१५ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसारका कर्मचारी रितपूर्वक नियुक्त गर्न नसकेपछि पालिअनन्त महताराले जानकारी दिनुभयो ।
‘नेपाल सरकार वा मातहतका कुनैपनि निकायमा काम गर्ने कर्मचारीलाई उनले प्राप्त गर्ने पारिश्रमिक हरेक महिनामा उपलब्ध गराउने व्यवस्था सरकारको शु–साशन ऐन र श्रम ऐन २०७४ को दफा ३५ को उपदफा २ ले पनि स्पष्ट पारेको छ ।तर अदानचुलीका हामी कराका कर्मचारीले नियुक्त भएको आर्थिक वर्ष २०७९।८० समाप्त भएर नयाँ आर्थिक वर्ष २०८०।८१ शुरु भएको तीन महिन बित्दा पनि पारिश्रमिक दिने कुरामा कुनै चासो नदेखाएको देख्दा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापित मूल्य मान्यता र प्रचलित नेपालका कानूनको बर्खिलाप गर्ने काम भएको महशुस गरेपछि हामीले श्रम ऐनको परिच्छेद ८ को दफा ३४ अनुसार पाउनु पर्ने पारिश्रमिक हामी सबै करार कर्मचारीले अहिलेसम्म पाएका छैनौं । पारिश्रमिक उपलब्ध गराउनेतर्फ केन्द्रीत भएका हौं’ उहाँले नेपालवोटसँग भन्नुभयो ।
विभिन्न समयमा आफूले प्रमुख प्रशासकीय अधिकृत, पालिका अधयक्ष र उपाध्यक्षसँग पारिश्रमिक माग दावी गर्दापनि आन्तरिक किचलो देखाए असार मसान्तमा एकमुष्ट भुक्तानी गर्ने आश्वाशन दिएपनि असार मसान्त भन्दा नयाँ आर्थिक वर्ष हुरु भएको तीन महिना बित्दा पनि पालिकाबाट पारिश्रमिक दिने सुरसार नदेखिएपछि आफूहरुले पालिकाको ध्यानाकर्षण गराउने काम गर्न बाध्य भएको अर्का करार कर्मचारी नवराज बुढाले बताउनुभयो ।
तलबको माग गर्दे बुधबार गाउँपालिकाको कार्यालयमा तोडफोड गर्न पुगेको अदानचुली गाउँपालिकाकाकरार कर्मचारीले बहिबार पालिकालाई दुई पेज लामो ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँपालिका अध्यक्षलाई संवोधन गरिएको ध्यानाकर्षण पत्रमा कर्मचारी नियुक्त गर्ने तर पारिश्रमिक नदिने पालिकाको व्यहारले श्रम ऐनले दिएको अधिकार समेत हनन् भएको उल्लेख गर्दै आफूहरु ऐनको परिच्छेद २३ अनुसारको कानूनी उपचारको खोजि गर्न हामी बाध्य हुने चेतावनी समेत पालिकालाई दिएका छन् ।
पालिकाको लापबाहिका कारण आफूले पारिश्रीमक नपाएको, गाउँपालिका भित्र काम गरेको पूर्वाधारका थुप्रै योजनाहरुको भुक्तानी समेत उपभोक्ताले नपाएको आरोप लगाएका करार कर्मचारीहरुले बुधबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले पालिका भित्रका विद्यमान समस्याको समाधाना भन्दा कार्यपालिकामा रहेका सदस्यहरु केन्द्रीत निर्णयमा सिमति भएको भन्दै थप आलोचन गरेका छन् ।
‘गाउँपालिकाले करारनामा गरेका हामीजस्ता सयौं करार कर्मचारी र पालिका भित्रका भौतिक संरचनाको काम सम्पन्न गर्दापनि ज्याला रकम नपाएका हजारौ निमुखा कामदारको रोजिरोटी माथि खेलवाड गर्ने काम पालिका बाट भएको मात्रै छैन् विभिन्न सञ्चार माध्यममा आएको जानकारी अनुसार भर्खरै सम्पन्न गाउँ कार्यपालिका बैठकले यि यस्ता अत्यावश्यक समस्याको समाधान गर्नुको साँटो कार्यपालिकामा संलग्न पदाधिकारीहरुको नाममा निश्चित कोष विनियोजन गर्नुले पालिकालाई थप अस्थिरताको मार्गमा धकेल्ने काम गरेको छ’ करार कर्मचारीले पालिकामा पेश गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘हामी पालिका भित्रका करार कर्मचारी र श्रम गरेर रकम नपाएका तमाम कामदारका तर्फबाट पालिकाका पादधिकारी ज्यूहरुलाई तत्काल पारिश्रमिक र काम गरेका योजनाहरुको रकम भुक्तानी यथासक्य गर्न बिनम्रता पूर्वक अनुरोध गर्दछौं ।’
पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक र गल्पाmगार्ड प्रहरी चौकीलाई बोधार्थ दिइएको उक्त पत्रमाफर्त उनिहरुले आप्mनो भद्र अनुरोधलाई निरिहता ठान्ने प्रयास कहिंकतैबाट भएको खण्डमा त्यसपछि हुने जुनसुकै परिणामको जिम्मेवार स्वयम् गाउँपालिका हुनेछ भन्दै चेतावनी समेत दिएका छन् ।