सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिले विनाशकारी भुकम्प प्रभावित क्षेत्रमा केन्द्रीत हुने निर्णय गरेको छ ।
मंगलबार (आज) बसेको कर्णाली प्रदेश पदाधिकारी बैठकले गएको सोमबार राती बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु भएर गएको भुकम्पले बढि क्षती पुर्याएका वस्तीहरुमा राहत र उद्धारका कामम खटिने गरी प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटिका बैठकहरुको आयोजना गर्ने निर्णय गरेको छ ।
एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा कार्तिक २३ गते र रुकुमपश्चिमको आठबिसकोटमा कार्तिक २५ गते पार्टीका बैठक बस्ने निर्णय गरेको छ ।
प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बसेको पदाधिकारी बैठकले भूकम्पपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन पालिकास्तरमा बैठक गर्ने निर्णय गरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभयो ।
‘आउँदो कात्तिक २३ गते जाजरकोट र २५ गते बिहान रुकुम पश्चिमको आठबीसकोटमा पार्टीका बैठक बस्ने छन्’ अध्यक्ष शाहले भन्नुभयो, ‘भुकम्प प्रभावित क्षेत्रका पिंडित नागरिकलाई उद्धार र राहतका काममा पार्टी पंक्तिालाई परिचालन गर्ने उद्देश्यले बैठकमा सम्बन्धित भूगोलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी र सम्बन्धित पालिका कमिटी अध्यक्षको सहभागितालाई अनिवार्य गरिएको छ ।’
भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममै पुगेर राहत वितरण, पुनःस्थापनाका कामलाई सहयोग गर्ने उद्देश्यले एमालेले प्रभावित क्षेत्रमै बैठकको तयारी गरेको उल्लेख गर्नु भएका अध्यक्ष शाहले बैठकमा सहभागी हुने सबै पार्टी नेताहरुलाई भूकम्पप्रभावित वस्तीमा राहत वितरण, उद्धार र पुनःस्थापनाका कार्यमा जोड्ने उद्देश्य राखिएको छ ।
‘पदाधिकारी बैठकले विनाशकारी भकम्पमा परेर ज्यान गुमाएका प्रति एमाले कर्णालीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गर्नुका साथै प्रभावित क्षेत्रका नागरिकलाई उद्धार र ारहतको काम प्रभावकारी बनाउन, भुकम्पले क्षती भएका संरचनाको पुनःनिर्माणका लागि तीनै तहका सरकारी अबिलम्ब शुरुवात गर्न आग्रह गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ’, अध्यक्ष शाहले भन्नुभयो ।
बैठकमा एमाले कर्णालीका उपाध्यक्ष टेकराज पछाई, सचिव धुर्वकुमार शाही, उपसचिवद्धय रविन्द्रराज शर्मा र रमेशकुमार शाहीको सहभागिता रहेको एमाले कर्णाली प्रदेश कमिटिले जनाएको छ ।
शुक्रबार मध्यराती ११ः४८ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरी १५३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, २५६ जना घाइते भएका छन् ।
भुकम्प प्रभावित क्षेत्रका नागरिकहरुको उद्धार र राहत कामका लागि एमाले केन्द्रीय सदस्य निरज आचार्य, डम्बरबहादुर सिंहको नेतृत्वमा एमालेको टोली जाजरकोटका विभिन्न क्षेत्रमा परिचालित छ ।