दैलेख । नेकपा (एमाले) केन्द्रले शुरु गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा २०८०’ सफल पार्न दैलेख जिल्ला कमिटिले कार्य योजना निर्माण गरेरै काम थालेको छ ।
पार्टी केन्द्रले तय गरेको संकल्प यात्रालाई सफल बनाउने विषयमा केन्द्रीत एमाले दैलेख जिल्ला मिमिटीको सचिवालय बैठकले जिल्ला देखि वडातहका कमिटिको बैठक, भेला र कार्य योजना तयार पार्दै तयारीको काममा तिब्र रुपले थालेको हो ।
एमाले दैलेख जिल्ला कमिटिका कार्यबहाक अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षता र जिल्ला इन्चार्ज तथा पार्टी स्थायी कमिटि सदस्य यामलाल कँडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न बैठकले पार्टीको केन्द्रीय योजना अनुसार आगामा महिना हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा २०८०’ लाई भव्य रुपमा सफल पार्न दैलेख जिल्लाका सबै पार्टीका नेता तथा कार्यकर्ता र नागरिकलाई उत्साहप्रद ढंगले परिचालन गर्ने निर्णय गरेको छ ।
गएको कार्तिक १७ गते राति ११ः४८ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको रहेको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम जिल्लामा ज्इान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पन्न भएको बैठकले मध्य पहाडि क्षेत्रको विकासको गतीलाई तिब्रता दिने ध्येयले शुरु हुन लागेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग विशेष अभियान अन्तरगतको संकल्प यात्रामा जुट्न जिल्लाका सबै पक्षलाई अपिल समेत गरेको छ ।
बैठकलाई संबोधन गर्दै पार्टी स्थायी कमिटि सदस्य तथा जिल्ला इन्चार्ज कँडेलले ‘पार्टीको केन्द्रीय नेतृत्वसहित शुरु हुन लागेको समृद्ध नेपालका लागि सङ्कल्प यात्रालाई सफल पार्न यात्राको रुढ पर्ने समग्र जिल्ला पार्टी र सबै स्थानीय तहका पार्टी कमिटिहरु पूर्णरुपमा परिचालन हुन जरुरी रहेकोमा जोड दिनुभयो ।
‘मध्य पहाडि क्षेत्रका विकास समृद्धीलाई केन्द्रीत गरेर पार्टी केन्द्रले शुरु गर्ने संकल्प यात्रालाई विश्व समुदायले नजिकबाट लियाली रहेको छ’, कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता समेत रहनु भएका नेता कँडेलले भन्नुभयो ‘यात्रालाई सफल बनाउँदै दैलेख जिल्लाको भूभागमा अभियान पुग्ने क्रममा व्यापक जनसहभागिता गराउनका लागि आजकै मितिबाट जिल्लाका हरेक पार्टी सदस्य र प्रत्येक कमिटिहरु दृढसंकल्पका सथा लाग्नु पर्छ ।’
बैठकमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य राजबहादुर बुढा, मिनासिंह रखाल र सुर्यकुमारी श्रेष्ट कर्णाली प्रदेश कमिटि उप–सचिव रबिन्द्रराज शर्मालगायतका नेताहरुको उपस्थिति रहेको एमाले दैलेखका कार्यबहाक अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।
अभियान सफल पार्न यस्तो छ, दैलेख एमालेको कार्य योजना
- २०८० साल मंसिर ०५ गतेभित्र दैलेख जिल्लाका ११ वटै पालिका कमिटीका बैठकहरू सम्पन्न गरिसक्ने ।
- २०८० साल मंसिर ०८ गतेभित्र दैलेख जिल्लाका ९० वटै वडा कमिटीका बैठक सम्पन्न गरिसक्ने ।
- २०८० साल मंसिर ०८ गतेभिन्न पार्टीका जनसंगठनका जिल्ला कमिटीका बैठकहरू सम्पन्न गरिसक्ने ।
पार्टीका भेलाहरूः
- निर्वाचन क्षेत्र नं. (१) अन्तरगतका भेलाः
- २०८० साल मंसिर ०९ गुराँस गाँउपालिका, दैलेख
- २०८० साल मंसिर १० डुङ्गेश्वर गाँउपालिका, दैलेख
- २०८० साल मंसिर ११ भगवतीमाई गाँउपालिका, दैलेख
- २०८० साल मंसिर १२ नौमूले गाँउपालिका, दैलेख
- २०८० साल मंसिर १३ महाबु गाँउपालिका, दैलेख
- २०८० साल मंसिर १४ नारायण नगरपालिका, दैलेख
- निर्वाचन क्षेत्र नं. (२) अन्तरगतका भेलाहरु
- २०८० साल मंसिर १० दुल्लु नगरपालिका, दैलेख
- २०८० साल मंसिर ११ भैरवी गाउँपालिका, दैलेख
- २०८० साल मंसिर १२ चामुण्डा बिन्द्रासैनी नगरपालिका, दैलेख
- २०८० साल मंसिर १३ ठाँटीकाँध गाउँपालिका, दैलेख
- २०८० साल मंसिर १४ आठबीस नगरपालिका, दैलेख
राकम कर्णालीको कार्यक्रममा सहभागी हुने कमिटीहरु
- पार्टी कर्णाली प्रदेश कमिटीका वर्तमान र पूर्व सदस्य कमरेडहरु
- पार्टी जिल्ला कमिटीका वर्तमान र पूर्व सदस्य कमरेडहरू
- पालिका कमिटीका सम्पूर्ण कमरेड
- वडा कमिटीका पदाधिकारी कमरेडहरू
- जनसंगठनका जिल्ला कमिटीका पदाधिकारी र सदस्य कमरेडहरु
- जननिर्वाचित कार्यपालिका सदस्यहरु आठविस, ठाँटिकाँध र चामुण्डा बिन्द्रासैनी पार्टी समेतको संख्यामा बराबरको उपस्थिति गराउने
- स्थानीय संस्कृति झल्कने बाजागाजा सहितको व्यवस्थापन गर्ने
- पार्टी तथा सूर्य चिन्ह अंकित झण्डा र जनसंगठनका झण्डा छुट्टाछुट्टै बनाउनु पर्ने ।
पुनश्चः प्रदेशका वर्तमान, पूर्व सदस्य, पार्टी जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरू, जनसंगठनका पूर्व, वर्तमान पदाधिकारी तथा सदस्यहरू सबैजना सम्बन्धित पालिकामा भेला हुनुपर्ने ।