काठमाडौं । नेकपा (एमाले)का मासचिव शंकर पोखरेलले जाजरकोट भुकम्प पिडितहरुका अस्थायी घर/टहरा निर्माण गर्न पार्टीले खटाउने स्वयम्सेवकहरुको परिचलान मंसिर १ गते (भोली)देखि हुने बताउनु भएको छ ।
भुकम्प प्रभावित क्षेत्रको स्थगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा महासचिव पोखरेलले घरबार बिहिन भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका भुकम्प प्रभावितहरुलाई जतिसक्यो सुरक्षित आवासमा सार्न पार्टीका तर्फबाट खटाइने स्वयमसेवकहरुले भुकम्प प्रभावित क्षेत्रमै गएर मंसिर १ गते सुक्रबार देखि काम थाल्ने बताउनु भएको हो ।
‘कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले घरबार बिहिन बनेका भुकम्प पिडितहरु खुला आकाशमा कष्टकर जीवन बिताई रहनु भएको छ । राहतका नाममा विभिन्न निकायबाट संकलन भएका राहत सामाग्रीहरु एकद्धार प्रर्णालीबाट वितरण गर्ने भन्दै सदरमुकाममा थन्काउने काम भैरहेको छ’ लुम्बनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका महासचिव पोखरेलले भन्नुभयो, भुकम्प पिडितका आस्थायी घर टहरा निर्माण गर्नका लागि पार्टीले परिचालन गर्ने एक हजार स्वयम्सेवक मध्ये पार्टीका पोलिटव्यूरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेटयुनियमन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयमसेवकहरुले भोली मंसिर १ गतेदेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम शुरु गर्नेछ ।’
भुकम्प पिडितहरुका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिहरुबाट सत्ता र शत्तिको चरम दुरुपयोग भएको आरोप लगाउनु भएका महासचिव पोखरेलले कर्णालीमा भएको प्राकृतिक विपत्तिमा सबै क्षेत्रका नागरिकको साथ र सहयोग छ भन्ने सन्देश प्रवाह गर्नकै लागि पनि पार्टीका ९ वटै प्रदेश कमिटिहरुको प्रतिनिधित्व हुने गरी एक हजार स्वयम्सेवक परिचलान गर्न लागेको जानकारी दिनुभयो ।
छलफलमा एमाले उप–महासचिव विष्णु रिमालले भुकम्प प्रभावित क्षेत्रका नागरिकहरुको अस्थायी घर टहरा निर्माणको काममा नेपाली सेनालाई परिचलान गर्न सकेको खण्डमा मितव्ययी र प्रभावकारी हुने बताउनु भयो । केहि वर्ष अघि तराईको बारा र पर्सा जिल्लामा गएको आँधी हुरी प्रभावितहरुको आवास निर्माणको जिम्मा पाएको नेपाली सेनाले सबैभन्दा छरितो र प्रभावकारी ढंगले काम सम्पन्न गरेको उल्लेख गर्दै उप–महासचिव रिमालले जाजरकोट भुकम्प प्रभावितहरुका लागि सरकारले दिने भनिएको ५० हजार राहत रकमबाट अस्थायी घर÷टहरा निर्माणको काम नेपाली सेनालाई दिंदा प्रभावकारी बताउनुभयो ।
भुकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै एमाले केन्द्रीय सदस्य निरज आचार्यले भुकम्प प्रभावितहरुलाई राहत वितरण एकद्धार प्रर्णाली बाट गर्ने नाममा सत्तापक्षिय राजनीतिक दलका नेताहरुले चरम विभेद गरेको आरोप लगाउनु भयो ।
‘जिल्ला सदरमुकाममा राहत थुप्रीएर बसेको छ । गाउँमा भुकम्प पिडित नागरिक खाली पेटमा खुला आकाशमुनी बस्न बाध्य छन्’ केन्द्रीय सदस्य आचार्यले थप्नुभयो, ‘बहालवाला मन्त्री र सत्तारुढ दलका नेताहरुले आफूपििक्षय जनपतिनिधिमार्फत आप्mना पार्टीका कार्यकर्तालाई छानेर राती राहत समाग्री वितरण गर्ने गरेका कारण वास्तविक भुकम्प पिडित नागरिक समस्यामा परेका देखिन्छन् ।’
जाडोका कारण अहिलेसम्म चार जना भुकम्प पिडितको ज्यान गैसकेको उल्लेख गर्दै आचार्यले जाजरकोट र रुकुमपश्चिम जिल्लाका भुकम्प प्रभावितहरुलाई मंसिर महिना भित्रै खुला आकाशबाट सुरक्षित अस्थायी आवासमा सार्न नसके हिउँदको चिसोमा थुप्रै वाववालिका र वृद्धवृद्धाहरुको ज्यान जोखिममा रहेको उल्लेख गर्नुभयो ।
छलफलमा एमाले कर्णाली प्रदेश कमिटि सदस्य नवराज महतारा, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य सुर्यमणी गौतमलगायतको टोलीले भुकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा पार्टी नेताहरुलाई जानकारी गराएको थियो ।