काठमाडौं । प्रेस चौतारी नेपालले यही मंसिर १२ र १३ गते दार्चुलामा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको छ ।
अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र इञ्चार्ज एवं नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेकपा (एमाले)ले सञ्चालन गर्न लागेको ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लाई विशेष महत्व दिई उदघाटनको ठीक अघिल्लो दिन समापन हुने गरी बैठक तय गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
‘नेकपा एमालेले जुन उदेश्यका साथ पुष्पलाल मध्यपहाडी लोकमार्गका जिल्लाहरुलाई समेटेर झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ तय गरेको छ,' संगठनका अध्यक्ष बस्नेले भन्नुभयो, पार्टीको अभियानमा संगठनको सिंगो शक्ति परिचालित गरी अभियानबारे देशभरका नागरिकलाई सूसुचित गर्न दार्चुलामा बैठक राखिएको हो ।’
महासचिव लामाका अनुसार दार्चूलामा बैठक सकेर मंसिर १४ गते झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा फहराएर सुरु गर्नुहुने ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को उदघाटन समारोहमा सहभागी हुनेछ ।
सचिवालय बैठकले बैठक ब्यवस्थापनका लागि सुदुरपश्चिम इञ्चार्ज केन्द्रीय सचिव लोग्शरी कुँवरको नेतृत्वमा सहइञ्चार्ज राजेन्द्र धामीसहित सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सवै केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी र दार्चुला जिल्लाका प्रेस चौतारीका बर्तमान तथा पूर्व पदाधिकार र कार्यसमितिका सदस्यहरु रहेको समिति गठन गरेको कार्यक्रम बिभाग प्रमुख समेत रहनुभएका सचिव हरिबल्लभ नेपालले जानकारी दिनुभयो ।
बधाई ज्ञापन
प्रेस चौतारी नेपालको कैनद्रीय सचिवालय बैठकले संगठनका चार जना पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ ।
संगठनका उपाध्यक्ष राजेश राई पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा मनोनित भएको र सचिव शुष्मा पौडेल, लोकशरी कुँवर, अनुशासन आयोगका अध्यक्ष नवराज महतारा पार्टी प्रदेश कमिटिमा निर्वाचित भएकोमा बैठकले बधाई दिने निर्णय गरेको छ ।
संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहनु भएका साथीहरु पार्टीको भर्खरै सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेश कमिटिमा निर्वाचित हुने भएकोमा संगठनका अध्यक्ष र सचिवालयका साथीहरुबाट खादा लगायर बधाई दिने काम भयो संगठनका महासचिव हिरामान लामाले भन्नुभयो संगठनका उपाध्यक्षलाई प्रचार विभागमा मनोनित गरेकोमा पनि बधाई दिने काम भएको छ ।
केहि समय अघि सम्पन्न भएको नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिमा महतारा, सुदूरपश्चिम प्रदेश कमिटिमा कुँवर र गण्डकी प्रदेश कमिटिमा पौडेल निर्वाीचत हुनु भएको थियो । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले उपाध्यक्षद्धय राजेश राई र गणेश पाण्डेलाई सदस्यमा मनोनित गरेको थियो ।