जीवन सेजुवाल
मुगु । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको वर्तमान सरकार जनताको हितमा नभई बेदेशीहरुको लागि मात्रै कम्फरटेवल भएकोे बताउनु भएको छ ।
नेकपा (एमाले) मुगु जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्न सदरमुकाम गमगढी पुग्नु भएका महासचिव पोखरेलले वर्तमान प्रचण्ड नेतृत्व गरेको वर्तमान गठबन्दनको सरकार विदेशी प्रतिक्रियावादी, दलाल पूँजीपतिहरुलाई मात्रै कम्फरटेवल भएको ठोकुवा गर्नु भएको हो ।
‘प्रचण्डले भारत भ्रमण जाँदा नेपालको हितमा हुने सम्झौता गरेर आउन्, चुच्चे नक्साको बारे बोलुन् भन्ने हाम्रो (नेकपा एमाले)ले सल्लाह सुझवा दिएको थियो । प्रधान मन्त्री प्रचण्डले नक्साको कुरा उठाउँदा भारत नेपालसँग रिसाउँछ भनेर कुरै उठाएन । राष्ट्रिय पोषाकममा भारत भ्रमणमा गएका प्रचण्ड राष्ट्रिय पोशाक झिकेर गेरुवस्त्र धारण गरी एक सय ८ किलोग्राम रुद्राक्ष चडाए’, महासचिव पोखरेलले थप्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणके बेला नेपालको हितमा हुने कुनैपनि काम गरेनन् । मात्र भारतलाई रिझाउँने धाउन्यमै आप्mनो भ्रमण केन्द्रीत गर्दै उपलब्धीका रुपमा १५ वटा मुर्रा राँगा ल्याएर फर्किए ।’
नेपालको राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेस लामो ईतिहाँस बोकेको दल भएपनि अहिले दुई वर्षमा प्रधानमन्त्री नेतृत्वकालागि माओवादीको पुच्छर समाउँदै साना दलहरुसँग घँुडा टेक्नु पर्दा आप्mनो विगतको बिरासत बिर्सिएको आरोप लगाउनुभयो ।
वर्तमान सरकारको चालामाल ठिक नभएकोले गठबन्धनको नाममा नेपालका अदालत, अदालत जस्ता छैनन् । व्यवस्थापिका व्यस्थापिका जस्तो नरहेको महशुस आम नेपालीले गर्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारबाट कुनै नागरिकले भरोसा नगरेको भनाई उहाँको थियो ।
‘झण्डै अढाई सय वर्ष राज गरेको राज सस्था नेपालको लागि कुनै नयाँ व्यवस्था होईन । राज संस्था फर्काउन भन्दै अहिले देशमा केहि राजावादीहरुले नौटंकी पारामा सल्बलाउँन खोजेका छन् । तर देशमा राज संस्था फर्काउने कुनै सम्भावन छैन् । हाल देशको बिग्रदो अर्थतन्त्र, बढ्दो महङ्गीको मूख्य कारक वर्तमान सत्ता गठबन्दन नैं हो । माओवादी नेतृत्वको सरकारकै कारण नेपाल दक्षिण एसियाकै सबैभन्दा गरिब मुलुक बन्न पुगेको छ । देश बिग्रार्ने कामको नेतृत्व अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नैं गरिरहेका छन्’ महासचिव पोखरेलले भन्नुभयो ।
एमाले मुगु जिल्लाको अधिवेशनमा सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटि सदस्यद्धय यमलाल कँडेल, गोरख बोगटी, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलगायतका नेताहरुले आप्mनो मन्तव्य राख्नु भएका छन् ।