दैलेख (राकम) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताउनु भएको छ ।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित विशाल सभालाई संवोधन गर्दै पुर्वप्रधभानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले लोकतान्त्री गणतन्त्र भन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धी नठान्ने तत्वले जनताको हित नचाहने देशद्रोही भएको बताउनु भएको हो ।
‘गठबन्दनको सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनलाई मौकाको रुपमा लिएर प्रतिगमनका दिवास्वप्ना देख्नु देशद्रोह बाहेक केही होइन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रतिगमनको कुरा गर्नु विकास बिरोधी, परिवर्तन बिरोधी नेपाल र नेपालीको हित बिपरित वाहेक केही होइन ।’
बैतडीको झुलाघाटबाट शुरु भएको अभियानको तीन दिनको सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा निराशा मात्रै छाएको उल्लेख गर्नु भएका अध्यक्ष ओलीले सत्ता टिकाउन भैरहेको अनियमितता, कमिशन र तस्करीका कारण जनतालाई संघीय लोकतान्त्रीक गणतन्त्रको विकल्प खोज्ने होकी भन्नेसम्मको अनुभूती गर्ने अवस्था आएको बताउनुभयो ।
देशलाई दुनियाँको आकर्षक र गन्तव्य बनाउन सकिने बताउनु भएका अध्यक्ष ओलीले एमालेले दुर्गम ठाउँहरुको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशा व्यवसायहरुको समृद्धी गर्ने, कृषिको आधुनिककिकरण गर्ने, देशलाई औधोगिककरणतर्फ लग्ने, व्यापार सन्तुलन गर्ने नीति लिएको बताउँदै नेपालका सारा जनतालाई शिक्षित बनाएर छोड्ने, निरोगी नेपालको परिकल्पना एमाले र यसको नेतृत्वले लिएको बताउनु भयो ।
‘दुनियाँका मानिसलाई एक पटक प्राकृतीक सुन्दरता, विकासको मोडेल, समृद्धीको नमुना हेर्न नेपाल आउने अवस्था बनाउन एमाले सक्षम छ । संगठीन, नीतिगत, व्यवहारिक रुपमा पनि समृद्ध नेपालको नेतृत्व एमालेले मात्रै गर्ने प्रमाणीत भएको छ । अभियान अन्तरगत सुदुरपश्चिमको तीन दिनको यात्राका क्रममा त्यहाँका वुद्धिजिवी, चिकित्सक, शिक्षक स्वास्थ्यकर्मी, किसान, सामाजिक अभियानताहरुसँग त्यहाँको विकासका लागि गहिरो बुझाई हाँसिल गरेका छौं । हामीले मध्ये पहाड क्षेत्रको समृद्धी र विकासका लागि हामीले प्रत्यक्ष रुपमा तपाईहरुसँग जिल्लामै भेटौं, पार्टीका शन्देश फैलाउन सकौं, विकासका बारेमा छलफल गरौ भनेर यो अभियान सम्पन्न गर्न लागेको हौं’ उहाँले थप्नुभयो ।
अभियान शुरु भएको चौथो दिन कर्णाली प्रवेश गरेको उल्लेख गर्नु भएका ओलीलले तीन दिनको कर्णाली बसाईका क्रममा गहिरो अध्ययन गर्ने बताउनुभयो । एमालेको सरकारका पालामा समृद्ध नेपाल सुखि नेपालीको दिर्घकालिन अभियान सञ्चालन गर्दा सामरीक महत्वको राकम कर्णालीमा अस्पताल बनाउने कामको शुरुवात आफैले गरेको दावी गर्नुभयो ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शाखाको रुपमा बिस्तारित अस्पताल निर्माण गर्ने हाम्रो योजना अनुसार यहाँका (राकम कर्णाली)का जनताले निःशुल्क रुपमा ४२ रोपनी जग्गा दान गर्नु भएको छ । धनी भएर भन्दापनि दान गर्ने मन भएर जग्गा उपलब्ध गराउनु भएकामा म यहाँहरुलाई धन्यवाद दिन चाहन्छु’ अध्यक्ष ओलीले भन्नुभयो, ‘राकम कर्णालीमा एक सय सैयाको अस्पताल खोल्ने हाम्रो सपना साकार पार्ने काममा यहाँहरुले ठूलो सहयोग गर्नुभयो बिडम्बना अहिलेको सत्ता गठबन्दनले उक्त कामलाई रोक्यो । राकम कर्णालीलाई स्मार्ट सिटीका रुपमा निर्माण गर्ने कार्यक्रम राखेका थियौं काम शुरु गर्न खोज्दै हामी सरकारबाट हट्यौ ।’
पहिले यो स्थान निकै उपेक्षित थियो । मध्यपहाडी राजमार्ग र कर्णाली राजमार्गका कारण सुगम बन्यो । एमालेको सरकारले स्मार्ट सिटि बनाउने घोषणा गरेपछि यसको महत्व थप बढेको भनाई उहाँको थियो ।
विश्वलाई चकित पार्ने गरेर शुरु गरेको विकास र समृद्धीको यात्राका क्रममा एमालेलाई षडेन्त्रपुर्वक हटाइयो । त्यसको लगत्तै राजनीतिक रुपमा अस्थिरता निम्तीएको बताउनु भएका एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व लिएको बेला बेरोजगार, विभेदको अन्त्य भएको उल्लेख गर्नुभयो ।
सरकारको व्यवहार जाँच्न पदयात्रा
विभिन्न क्षेत्रका सुधारको नेतृत्व लिएको एमालेले सत्ताको तर्फबाट जनतालाई लोकतान्त्री व्यवहार भएको छ कि छैन् भन्ने कुरा हेर्न एमाले गाउँमा आएको एमाले अध्यक्ष ओलीले जानकारी दिनुभयो । जनता, शिक्षक, विद्यार्थी, सेना, प्रहरी, शसस्त्र प्रहरीका समस्या, विद्यालयका, कृषकका समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीति महत्वका हिसाबले पनि आफू यो अभियानमा आएका उल्लेख गर्नु भएका उहाँले आगामी २०८४ मा एमाले नेतृत्वमा एकल सरकार बनेन ठोकुवा गर्नुभयो ।
‘एमालेको नतृत्व नहुँदा नेपालको भूमि चुडिन बेर लगाउँदैन, भूमि मिचिने डर छ, शुसाशन होइन कुशासन बढेर जानेछ । अत्याचार बढेको छ । यी सबैलाई रोक्नका लागि एमालेको बहुमतको सरकार चाहिन्छ भन्ने मान्यता र अहिले जनताको अभिरुची के रहेछ भन्ने बुभ्mन हामीले गाउँ निस्केका हौं’ ओलीले भन्नुभयो ।
हामीलाई विभाजित गर्न अनेक तत्वले भ्रम फैलाउन सक्छन् । हामी बीच अन्तर बिरोध फैलाउन सक्छन् तर हामी नेपाली हौं हामी एकजुट भएर समृद्ध नेपालका धनी जनता बनाउन चाहन्छौं भन्ने ध्येयका साथ पश्चिम सिमानामा राष्ट्रिय झण्डा गाडेर शुरु भएको अभियान पुर्वको किल्लामा झण्डा गाडेर समापन गराउने जानकारी दिनुभयो ।
नेकपा (एमाले) दैलेखका कार्यवहाक अध्यक्ष प्रेम बुढाको अध्यक्षतामा आयोजित सभामा आठविस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले अध्यक्ष ओलीलाई दैलेख जिल्ला, मध्यपहाडि राजमार्गको बारेमा जानकारी र स्थानीय मागहरु समावेश गरिएको ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको छ ।
आमसभामा दैलेख, कालीकोट, जुम्ला, सुर्खेत र अछामका हजारौ जनताहरुको सहभागिता रहेको थियो । आज बिहान कर्णाली प्रवेश गरेको एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोही दैलेखका बिभिन्न स्थानहरुको अवलोकन गर्दै आज दैलेख सदरमुकाममा वास बस्ने कार्यक्रम छ ।