काठमाडौं, पुस २२ । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वारको नाम तय गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले निर्वाचनका लागि पार्टीबाट नाम टुंगो लागेको जानकारी दिनुभयो । जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) तय भएको छ ।
यस्तैगरी बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट धु्रवराज विश्वकर्मा (धादिङ) तय भएको छ ।
यस्तै गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गतारअल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक ९दैलेख० लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गतारअल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहनुभएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयन हुनेछ ।