काठमाडौं । हुम्लाको खार्पुनाथ ५ डाँडाबाडा याङचुकी ३९ वर्षीया लक्ष्मी सिंह आगलागिबाट सक्त घाइते भएकी छन ।
समचार ; १
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनले लात्तले हानेपछि मात्रै थाहा पाउने बताएका छन्। नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी समेत गरे । ‘त्यतिवेला थाहा पाउनेछन्जब गठबन्धनले लात हान्छ’, ओलीले भने, ‘अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन्। जित्न पनि दिनुहुँदैन ।’
समचार ;२
हुम्लाको खार्पुनाथ ५ डाँडाबाडा याङचुकी ३९ वर्षीया लक्ष्मी सिंह आगलागिबाट सक्त घाइते भएकी छन । उनी विहिबार दिउसो १२ वजेको समयमा घरदेखि करीव आधा घण्टा दुरीको पुर्व स्थित घाँसे भिरमा आगो निभाउने क्रममा सिंहको अनुहार र दुबै हात खुट्टामा आगोले पोलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेनद्र बहादुर चन्दले जानकारी दिए । तत्काल याचु प्रहरीचौकीबाट प्रहरी नायव निरिक्षक लोकजंग बुढाको कमाण्डमा ५ जनाको प्रहरी टोली खटी घाईतेलाई उपचारको लागि खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा उद्धार गरिएको निरिक्षक चन्दले बताए
समचार ; ३
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिनुभयो ।
समचार ; ४
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा राजधानीमा सुरु भएको २९ औँ सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’’
समचार ;५
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध भइरहेको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । नाराबाजी रोक्ने क्रममा प्रहरी र समर्थकबीच केही बेर घम्साघम्सीको स्थिति बनेको थियो । त्यसपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाएका दुईजनालाई नियन्त्रणमा लिएको हो । घम्साघम्सीका कारण खेल केही बेर अवरुद्ध बनेको थियो ।