चरिकोट । नेकपा (एमाले)दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
बिहिबार सम्पन्न १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्धर्पी इश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजीत गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी भएका हुन् ।
श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी तिज हाँसिल गरेभने उजनका निकटतम प्रतिद्धन्द्धी इश्वरचन्द्र पोखरेलाई ९५ मतान्तरका साथ पछि पारे । पोखरेलले २ सय ३८ मत प्राप्त गरे । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत ल्याएका छन् ।
बिजयी श्रेष्ठ ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक पनि पुनः निर्वाचित भएका हुन् । यसअघिका उपाध्यक्षमा राजेन्द्र मानन्धर यो पटकपनि निर्वाचित भएका छन् । मानन्धर ३ सय ३६ मतसहित विजयी भएका हन् ।
मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गरे । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाए । नवौं अधिवेशनमा पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष भई सक्रिय राजनीतिमा लाग्नुभएका मानन्धर दोश्रो कार्यकालका लागि निर्वाचत भएका थिए ।
यस्तै, एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी भएका छन् । गौरशंकर गाउँपालिकाका संस्थापक अध्यक्ष खड्का ३ सय ४ मत प्राप्त गरी बिजयी भएका हुन् । खडकाले प्रतिस्पर्धी कृष्ण वस्नेतलाई २० मतले पराजित गरे ।
यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत र्निाचित भएका छन् । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सवै अध्यक्ष श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा भाग लिएका नेता हुन ।
यस्तो छ, मतगणनाको अन्तिम परिणाम