काठमाडौं । कर्णाली सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनमा अन्योल भएको छ । कर्णाली सरकारले शिक्षा विकास निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ । उक्त नियमावली प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
समचार : १
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्य रुपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ ।तर गणतन्त्रको स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो । अहिले नेपाली कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
समचार : २
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताउनुभएको छ ।
शुक्रबार अध्यागमन विभागको ई।भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषदबाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताउनु भयो ।
समचार : ३
मनग्य स्याउ उत्पादन हुने हुम्लामा कृषकहरुले यतिबेला बिरुवा काट छाँट गरेर सकाएका छन । माघ महिना लागेपछि आफ्ना खेतबारी तथा फर्महरुमा नर्सरी बनाई राखिएका बिभिन्न हिउँदे नयाँ बिरुवा लगाउने तयारीमा छन् । हरेक बर्ष जिल्लामा फलफुल उत्पादनकालागि बिभिन्न मेसिन कार्यक्रम आउने गरेका छन । फलफुल उत्पादनकालागि हुम्ला एक महत्वपुर्ण ठाउँ हो । जिल्लामा उत्पादन हुने फलफुल बाहिर निर्यात गर्ने र हरेक पालिकामा कोल्ड स्टोर उत्पादन गरी कृषकलाई सो सम्बन्धी प्रत्यक बर्ष प्रशिक्षण गर्ने हो भने हुम्ला हिउँदे फलफुल उत्पादनबाट आत्मनिर्भर बन्न समय लाग्दैन । सुनौ मोहनसिहं बुढाले तयार पेरेको यो रिपोर्ट
समचार : ४
कर्णाली सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनमा अन्योल भएको छ । कर्णाली सरकारले शिक्षा विकास निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ । उक्त नियमावली प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । निर्देशनालय खारेज भएपछि एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनसँगै योजना कार्यान्वयनमा समस्या आएको हो । निर्देशनालय खारेज भएसँगै दर्जनौँ योजना कार्यान्वयनमा चुनौती देखिएको छ भने कानुनी जटिलता निम्तिने अवस्था सिर्जना भएको छ ।आउँदो चैतमा हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० सञ्चालनमा कानुनी अड्चन आउने देखिएको हो । शिक्षा ऐन २०२८ ९नवौँ संशोधन, २०७४० को दफा ४ ‘ट’ मा एसइई क्षेत्रीयस्तरमा सञ्चालन हुने उल्लेख छ । उक्त परीक्षा सञ्चालनसम्बन्धी काम, कर्तव्य र अधिकार शिक्षा विकास निर्देशनालयलाई रहेको छ । निर्देशनालय नै खारेज भएपछि उक्त परीक्षा सञ्चालन तथा व्यवस्थापन कुन कानुनबमोजिम गर्ने भन्ने अन्योल निम्तिएको हो । त्यति मात्रै होइन कुन निकायबाट सञ्चालन गर्ने भन्ने पनि अनिश्चित छ ।
समचार : ५
सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबलाई पनि अन्य सञ्चारमाध्यमसरह अनुगमन र निगरानी गर्नेतर्फ काउन्सिल अग्रसर रहेको बताउनुभयो । पछिल्लो समय काउन्सिलले केही युट्युब च्यानललाई अनुगमन गर्दैआएको भन्दै उहाँले विद्यमान कानुनमा रहेको ‘पत्रपत्रिका’ शब्दको सट्टा ‘सञ्चारमाध्यम’ भन्ने शब्द संशोधन गरेमा सबै सञ्चारमाध्यमलाई अनुगमन र निगरानी गर्ने कानुनी अड्चन हट्ने उल्लेख गर्नुभयो । पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मुलधारका सञ्चारमाध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठकलगायतका विषयमा प्रभाव पारेको बताउनुभयो । उहाँले युट्युब लगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्नेगरेको बताउनुभयो ।
समचार : ६
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७।५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो । क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाए । क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेले । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाए ।