एमाले कर्णाली प्रदेश सम्पर्क कमिटिको दोस्रो अधिवेशन आजः उप–महासचिव ज्ञावलीले संवोधन गर्दै
काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटिको दोस्रो अधिवेशन आजबाट काठमाडौंमा शुरु हुने भएको छ ।
कर्णाली प्रदेशका दशवटै जिल्लाबाट अध्ययन, व्यापार, व्यावसाय, र अन्य कामको सिलसिलामा काठमाडौंमा आएका एमालेका सदस्यहरु आवद्ध रहेको संगठनको दोस्रो अधिवेशन अहिले बिहान काठमाडौं सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा हुने भएको छ ।
कमिटिले अहिलेसम्म गरेका कामको समिक्षा र आगामी कार्यकालका लागि नयाँ कमिटि निर्वाचित गर्ने गरी आयोजना हुन लागेको अधिवेशनको पार्टीका उप–महासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गर्नुहुने एमाले कर्णाली प्रदेश काठमाडौं सम्पर्क कमिटिका सचिव भक्त रावतले जानकारी दिनुभयो ।
‘अहिले बिहान बजे उद्घाटन हुने अधिवेशनमा पार्टीका पछिल्लो नीतिका बारेमा उप–महासचिव ज्ञावली कमरेडको विशेष संवोधन रहेको छ’, कमिटि सचिव रावतले भन्नुभयो ‘कार्यक्रममा सम्पर्क समन्वय इन्र्चाज तथा स्थायी कमिटि सदस्य लालवावु पण्डीत, कर्णाली प्रदेश सम्पर्क कमिटिका इन्चार्ज कल्पना थापा, कर्णालीबाट प्रतिनिधित्व गर्ने पार्टीका पोटिलव्यूरो सदस्य, केन्द्रीय सदस्यले संवोधन गर्ने कार्यक्रम छ ।’
उहाँका अनुसार अधिवेशनको उद्घाटन शत्र सकिने बित्तिकै कार्यक्रम स्थलमा बन्दशत्रको आयोजना हुनेछ । कमिटिको राजनीति तथा सांगठानिक प्रतिवेदन, नयाँ नेतृत्व निर्माण लगायतका विषयको टुंगो लागेपछि अधिवेशन सकिने छ ।
कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालीकोट, दैलेख, सुर्खेत, सल्यान, रुकुमपश्चिम र डोल्पाका ६०८ जना पार्टी सदस्यहरु सम्कर्प कमिटि मातहत रहेका छन् । कर्णाली प्रदेश सम्कर्प कमिटिको अध्यक्षमा जाजरकोटका जीवन शाही, उपाध्यक्षमा सुर्खेतका सिता नेपाल, सचिवमा मुगुका भक्त रावत, उप–सचिवमा हुम्लाका बिरजन महतारा र लेकेन्द्र रोका लगायत दशवटै जिल्लाबाट राजधानी काठमाडौंमा बसोवास गर्ने नेताहरुको प्रतिनिधित्व रहेको छ ।
साविकको राप्ती, भेरी र कर्णाली अञ्चलको समानुपातिक प्रतिनिधित्व हुने गरी नयाँ कमिटि निर्वाचित गर्ने तयारी रहेको कमिटिका उप–सचिव बिरजन महताराले जानकारी दिनुभयो ।