काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञावलीले समुद्ध नेपाल सुखि नेपालीको महान लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको बताउनु भएको छ ।
समचार १
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामीक कुटनितीक तवरबाट सीमा क्षेत्रको व्यापार व्यवस्थित बनाउने बताउनुभएको छ ।हिमालय सीमापार वाणिज्य सङको साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवर्धनका लागि आवश्यक पुर्वाधारको बारेमा आफुलाइ जानकारी रहेको बताउनुभयो । आफुले तेस्रोपटक सरकारको नेतृत्व समालेपछि नेपाल र चिनबिचको अन्तरदेशिय र व्यापारीक नाका सन्चालनलाइ विशेस ध्यान दिएको बताउँदै तातोपानीलगायत उतरी क्षेत्रका आनतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको बताउनुभएको छ ।
समचार २
आज नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको दोस्रो साधारणसभाको उद्घाटन गर्दै सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्माले सुशासनलाई समृदिको आधार बनाएर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । सरकारी तथा निजी क्षेत्रमा सुशासनको आधार तयार गरेर आर्थिक समृदि हासिल गर्न सकिने उहाँको भनाई छ ।हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो नै हो, तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्याको रुपमा रहेको छ’ उहाँले भन्नुभयो, ‘सरकारी क्षेत्रमा अनियमित्ता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने लगायतका धेरै समस्या देखिने गरेको छ ।’देशमा रहेको यस्ता समस्या समाधान गर्न सुशासनलाई आधारको रुपमा स्थापीत गरी सरकारले सुशासन र सामाजिक न्यायलाई समृद्ध राष्ट्र निर्माणको आधार बनाउन खोजेको उहाँले चर्चा गर्नुभयो ।
समचार ३
नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञावलीले समुद्ध नेपाल सुखि नेपालीको महान लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको बताउनु भएको छ ।
कर्णाली प्रदेश सम्पर्क कमिटिको दोस्रो अधिवेनशको काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञावलीले सत्ता र कुर्चिका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढेदै गएको अरोप लगाउनुभयो ।
‘चालु आर्थिक वर्षको श्रवाणदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवान थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण निकलिसकेको छ । आर्थिक, कुटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्ने देखि बहुआयामीक क्षेत्रमा गठबन्धन सरकार असफल बन्दै गएको छ’ उहाँले थप्नुभयो ‘यसरी फेरीपनि प्रचण्ड जि कुर्चीमा टाँसिएर मात्रै बस्ने हो भने देश थप बर्बादिमा जाने बाहेक कुनै उपलब्धी देखिदैन ।’
समचार ४
हिमाली जिल्ला मुगु बाट पहिलोपटक वितरण गरिएको स्तरोन्नति गरिएको चामल अर्थात् फोर्टिफाइड चामल पछिल्लो समय मुगुका नागरिकहरु प्रति प्रभावकारी बन्दै गएको छ ।
जिल्लाको खत्याड गाउपालिकाबाट वितरण गरिएको फोर्टिफाइड चामल अहिले प्रभावकारी बन्दै गएको हो । पुस १२ गते देखि बितरण कार्य सुरु गरिएको फोर्टिफाइड चामल अहिले नागरिकहरुको स्वास्थ्यमा सारथी बनेको छ ।
विगतका वर्षरुमा कहिले कुहिएको चामल त कहिले चामल अभावको समस्या झेल्दै आएका मुगाली नागरिकहरु अहिले पोषणयुक्त फोर्टिफाइड चामल उपभोग गर्न पाए पछि दंग भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड कार्यालय मुगुले दिएको जानकारी अनुसार मुगुका खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा यो फोर्टिफाइड चामल वितरण गरि रहेको जनाएको छ ।
समचार ५
रौतहटबाट काठमाडौँ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नं को बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किदा दुर्घटनामा परेर २० जना घाइते भएका हून् । घाइतेहूनेमा दुई जनाको अवस्था गम्भीर रहेको जानकारि प्राप्त भएको छ। घाईते पर्नेंमा सबै बसका यात्रू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिएका छन् । बसको चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताएका छन्।
समचार ६
पछिल्लो समय रुसि सेनामा भर्ति हुने नेपालि को चाप बढ्दै गईरहेको छ। कतिपय रुसि सेनामा भर्ति भएका नेपालिहरु को युद्धको क्रममा मृत्यु भएको छ भने कतिपय नागरिकहरु घाईते भए र हराए भन्ने यथार्थ विवरण प्राप्त भएको छैन। रुसि सेनामा भर्ति हुन गएका नागरिकहरु भिजिट भिसा मार्फत गएको जानकारि प्राप्त भएको छ । रुसी सेनामा भर्ति भएका १४० नेपालीका परिवारहरुले उद्धारका लागि आवेदन दिएका छन।परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये पाँचजना नेपालि नागरिकहरु युक्रेनी सेनाको कब्जामा रहेका छन्।
समचार ७
उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय ९यूएनआरडब्ल्यूए० ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ ।यूएनआरडब्ल्यूए प्रमुख फिलिप लजारिनीले यस वर्षको सुरुदेखि नै उत्तरमा पेस गरेका आधा सहायता अनुरोधहरू अस्वीकृत भएको बताउनुभएको हो ।संयुक्त राष्ट्रसङ्घले उत्तरी गाजा पट्टीमा अनिकाल र भोकमरी यस क्षेत्रको पहिचान बनेको जनाएको छ ।लजारिनीले उत्तरमा करिब तीन लाख मानिसहरू बाँच्नका लागि एजेन्सीको सहायतामा निर्भर रहेको उल्लेख गर्दै जीवन बचाउने मानवीय सहायताको पहुँच अवरुद्ध भइरहेको उल्लेख गर्नुभयो ।
समचार ८
एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा
दुई सय ८५ रन बनायो । क्यानडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो