काठमाडौं । महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन्।आइतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।
समचार १
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टचारमा लागेका जतिसुकै ठुलो व्यक्ति भए पनि सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिनुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टचार उपर अनुसन्धान र छानविन गर्न क्रममा साना कसुरदार मात्र नभई ठुलो प्रकृतिका कसुरदार पहिचान गरि कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
समचार २
प्रमुख सत्तासाझेदार दल कांग्रेकका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् । आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको जानकारी गराउँदै उनीहरुलाई स्वदेश फर्काउन सरकार चुकेको आरोप लगाएका हुन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी बैठकमा महामन्त्री शर्माले रुसी सेना छोडेको नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठाएको बताए । ‘मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रुसी सेनाले पक्राउ गरेको छ । रुसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदा समेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ रु,’ उनले बैठकमा भने ।
समचार ३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसवारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका हुन्।उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनि प्रश्न गरे। उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापाबारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्नसमेत गरे। त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे।
समचार ४
संसदीय समितिले ६ महिनाभित्र विधेयकको छलफल टुंग्याउनुपर्ने गरी कानुन संशोधन हुँदै छ ।सरकारले संविधानअनुकूलका नयाँ कानुन बनाउन ल्याएका विधेयक वषाौँ सम्म संसदीय समितिमा गएर थन्किने गरेपछि कानुन संशोधन गरेर ६ महिने समयसीमा तोकिएको हो । ।संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले आफ्नो नियमावली संशोधन गर्दै समितिले विधेयकमाथि दफाबारे छलफल गरी ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था गरेको हो ।राष्ट्रिय सभा नियमावली संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले अब समितिमा आइसकेका विधेयक ६ महिनाभित्र टुंग्याउनैपर्ने बताउनुभएको छ ।
समचार ५
वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ न्युरोडस्थित उषा बालिकाटिकाअगाडि शनिबार साँझ प्रहरीले व्यापार गरेर बसेकी स्थानीय जानुका बुढामाथि अन्धाधुन्ध लाठी प्रहार गरी घाइते बनाएका थिए ।
कुटपिटपछि पीडित बुढाको खुट्टा र हातमा चोटपटक लागेको छ। कुटपिटपछि उनलाई पसलमै छाडेर प्रहरी फर्किएका थिए। स्थानीयले घेरेपछि प्रहरी कुटपिट रोकेर फर्किएको स्थानीयले बताए ।
ढोकामा आगो बालेर घरभरि धुवाँ फैलिएपछि आगो नबाल्न अनुरोध गर्दा प्रहरी हबल्दारकी श्रीमतीले प्रहरी बोलाएर आफूलाई कुटपिट गराएको आरोप बुढाले लगाइन्। पीडित बुढा र हबल्दारपत्नी एउटै घरमा डेरा बस्दै आएका छन् । फोनकै भरमा आएका प्रहरीले यथार्थ नबुझेर कुटपिटमा उत्रिएको भन्दै उनले दुःख व्यक्त गरेकी छन् ।
समचार ६
लितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा महिला र दुई बालबालिका अचेत अवस्थामा मृत फेला परेका छन् ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका ६ वर्षीय बालक र २ वर्षीया बालिकाको हिजो साँझ मृत्यु भएको जानकारी दिए। यस्तै घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमाको पनि राति साढे ९ बजे नै मृत्यु भएको हो । गम्भीर घाइते भई किष्ट अस्पतालमा लगिएकोमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए।
समचार ७
महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन्।आइतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन्।उनले आफूहरुले फुटपाथ व्यवसायीहरलाई बाँच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटरेर लिएर गएको बताइन्।महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने बताइन्। त्यस्तै, अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए।
समचार ८
नेपालले भुटानलाई पराजित गरेको छ ।मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको हो ।लगातार दोस्रो जित हासिल गर्दै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो ।यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।