काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमा एआई जटित सिसिटिभी क्यामेराको फ्ल्यास लाइटका कारण रातिमा सवारी चालकलाई समस्या हुने गरेको छ ।
समचार १
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पतिलाई वैधता दिन सरकारमाथि बाह्य दबाब आउने गरेको बताएका छन्।सोमबार राष्ट्रियसभा बैठकमा ‘सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै कसुर देखिएका सम्पत्तिलाई वैधता दिने गरी कानून निर्माण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सरकारमाथि निरन्तर दबाब आउने गरेको खुलासा गरेका हुन्।मन्त्री गुरुङले स्रोत नखुलेको कुनै पनि सम्पत्ति कुनै कसुर नदेखिए ८० प्रतिशत कर दाखिला गरी बाँकी सम्पत्ति सोही व्यक्तिको हुनेगरी सो विधेयक ल्याइएको पनि बताए।
समचार २
हुम्लाको सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकामा जनप्रतिनिधि विचमै विवाद चुलिन थालेको छ । माघ २८ गते आइतबार सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष नन्द रावतले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि सोही गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया भामले सो निर्णयको अवग्या गर्दै उल्ट्याइएको छ ।
आइतबार कार्यवाहक अध्यक्ष रावतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै गाउँपालिका उपाध्यक्ष रोकाया भामको संयोजकत्वमा नेपाली कांग्रेस धारका जनप्रतिनिधिहरु बसेको बैठकले रावतले गरेको निर्णयलाई उल्ट्याउँदै फागुन १ गते दिएको सार्वजनिक विदा नहुने प्रेस विज्ञाप्ती मार्फत उल्लेख गरेको छ ।
समचार ३
दक्षिणी भेग क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकाले फागुन १ गते भव्यताका साथ जनयुद्ध दिवस मनाउन तयारी गरिएको छ । नेकपा माओबादी केन्द्रले हरेक वर्ष माउँदै आएको जनयुद्ध दिवस यस वर्ष पनि उक्त दिवस भब्य रुपमा मनाउने तयारी गरेको हो ।
समचार ४
नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने तयारी गरेको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारी सहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेपछि कर्णाली प्रदेशको सुर्खेतबाट अन्य हिमाली जिल्लामा उडानको तयारी गरेको हो ।
यस अघिको छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला हुम्ला, जुम्ला, ताल्चा, डोल्पा लगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गर्नु भएको छ ।
समचार ५
सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट आइतबार बरामद गरेको हो ।भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० विपिन रेग्मीले जानकारी दिए । भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको एसपी रेग्मीले बताए । प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।
समचार ६
काठमाडौँका विभिन्न ठाउँमा एआई जटित सिसिटिभी क्यामेराको फ्ल्यास लाइटका कारण रातिमा सवारी चालकलाई समस्या हुने गरेको छ । उपत्यकाका मुख्य–मुख्य सडकमा जडान गरिएका यी क्यामेराले रातिमा चहकिलो प्रकाशसहित झ्यापझ्याप बत्ती बाल्ने भएकाले चालकलाई सवारी चलाउन नै समस्या हुने गरेको छ । अहिले उपत्यकाका विभिन्न नौ स्थानमा आर्टिफिसियल इन्टेलिजेन्ट्स ९एआई० क्यामेरा जडान भएको छ । तर क्यामेराको फ्ल्यास लाइट चर्को भएका कारण आँखाले हेर्न नै समस्या हुने गरेको छ ।
समचार ७
तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३५ ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय ७० रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ८१ र तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की ६८ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि ९० बलमा ६३ रन आवश्यक छ ।