काठमाडौं । जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मकवानपुर निबुवाटार गाउँपालिका– ४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।
समचार १
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार काठमाडौंमा जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउनुहुँदै अहिले दक्षिण एसियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताउनुभयो ।
समचार २
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःखको अन्त्य हुन नसक्ने बताएका छन्। सोमवार नेकपा एकीकृत समाजवादी मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए। उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको र आफ्नो निजी स्वार्थलाइ पुरा गर्ने हेतुले मात्र सता गठबन्घनलाइ अगाडी बढाएको बताउनु भएको छ ।
समचार ३
नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले कर्णाली काठमाडौं सम्पर्क कमिटिको अधिवेशनले अध्यक्षमा मुगुका भक्त रावत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी कार्यालय च्यासलमा भएको बन्दशत्रले रावतको नेतृत्वमा कमिटिलाई निर्विरोध निर्वाचित गरेको छ । दोस्रो अधिवेशनबाट कमिटिको उपाध्यक्षमा जाजरकोटकी पुजा वस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित भएको कर्णाली काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष रावतले जानकारी दिए ।गएको शनिबार काठमाडौंको सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा पार्टी उपमहासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गरेको अधिवेशनमा तीन दिन लगाएर सर्वसम्मत गरिएको अध्यक्ष रावतले बताए ।
समचार ४
हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द गर्न सिफारिश गरिएको छ । ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढाथोकीको अध्यक्षतामा नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालमा बसेको जिल्लास्थित सरोकारवालाहरुको बैठकले एक महिना बन्द गर्न सिफारिश गरेको हो ।विमानस्थलको धावन मार्ग मर्मत गनुपर्ने भएको भन्दै फागुन १० गते देखि चैत्र १० गतेसम्म बन्द गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाण्डौलार्इ सिफारिश गरिएको नगर प्रमुख बुढाले बताए ।अहिले डोल्पासम्मको सडक मार्गको पहुँच पनि राम्रो भएकाले यात्रुहरुलाई आवतजावत गर्न समस्या नहुने भएकाले धावन मार्गको मर्मत गर्न लागिएको उनको भनाइ छ ।
समचार ५
जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मकवानपुर निबुवाटार गाउँपालिका– ४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् । जापान पठाइदिन्छु भन्दै अधिकारीले विभिन्न व्यक्तिबाट ३५ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । अधिकारीले ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
समचार ६
इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायललाई रफाहमा आक्रमण नगर्न आग्रह गरेका थिए । रफाहमा हाल कम्तीमा १५ लाख मानिसले आश्रय लिएका छन् । तीमध्ये अधिकांश मानिसहरू गाजाका अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका हुन् । रफाहमा भएका मानिसहरू अब जाने कुनै पनि सुरक्षित ठाउँ नरहेको बताइएको छ ।