काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नले उपचार पाउने क्रम बढेको दाबी गरेका छन्।परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
समचार १
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । ।सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
समचार २
सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोर निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ । आधा दर्जन पुल ठेक्का लागेपनि बिभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरुलाई हैरानी हुँदै आएको हो । भेरी करिडोर भित्रको ५६ किलोमिटर भित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतीका साथ भएपनि सोही मार्गको बीचमा निर्माण हुने पुलहरुको काम नहुँदा भेरी करिडोर सडकको कामले गती लिन सकेको छैन । क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते लिएको पुलको काम अझैँ सुरु भएको छैन । उक्त जेभीले नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो ।
समचार ३
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नले उपचार पाउने क्रम बढेको दाबी गरेका छन्।परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अबका दिनमा कोही पनि नेपाली पैसा नभएकै कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए।
समचार ४
माघ १६ गते कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको मिटरब्याजपीडितको पैदल यात्रा पूर्वी नवलपरासी आईपुगेको छ ।साहुले चर्को ब्याज असुल गरेको, घर खेत कब्जा गर्दा समेत सरकारले न्याय दिन नसकेको भन्दै पीडितहरु कष्टकर पैदल यात्रामा निस्किएका हुन् ।१५ दिनमा उनीहरुले ५ सय किलोमिटरभन्दा बढीको दूरी पार गरेको मिटरब्याज तथा ठगीविरुद्धको किसान संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए ।पीडितहरुले यसअघि पनि काठमाडौंमा केन्द्रित आन्दोलन गरिसकेका छन् । तर सरकारले समस्या समाधान गर्ने आश्वासन दिँदै पिडीतहरुलाई घर फकाउने गरेको छ । सरकारले गठन गरेको मिटरब्याज तथा अनुचित लेनदेन जाँचबुझ आयोगबाट न्याय पाउने र साहुको ऋणको चपेटाबाट मुक्ति पाउने आशा गरेका पीडितहरु आयोगको प्रतिवेदन सिहंदरबारमा थन्किएपछि थप चिन्तित बनेका छन् ।
समचार ५
नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चणरमा प्रवेश गरेको हो।कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य नेपालले ६।५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७३ रन बनाएको थियो।वर्षाका कारण खेल प्रभावित भएपछि नेपाललाई १२ ओभरमा ५० रनको संशोधित लक्ष्य दिइएको हो