काठमाडौं । दुई दशक लामो समयदेखि एकल नेतृत्व कायम रहेको माओवादीको काठमाडौंमा जारी बिधान अधिवेशनमा विभिन्न खाले सुझावहरु आएका छन् ।
एक पदमा एकै व्यक्ति दुई कार्यकाल भन्दा बढि समय बस्न नपाउने, प्रत्यक्ष निर्वाचित नेतृत्व स्थापित गर्ने विषय हलबाट चर्को रुपमा उठेको माओवादी बिधान सम्मेलनमा कर्णालीका महेन्द्रबहादुर शाहीले १४ वटा सुझाव पेश गरेका छन् ।
कर्णालीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका माओवादी नेता शाहीले सबै तहका समिति र पदाधिकारी महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष चुनिनुपर्ने सुझाव दिएका छन् । विधान अधिवेशनमा आफ्नो समूहगत सुझाव दिँदै उनले सबै तहमा प्रत्यक्ष निर्वाचित र पदाधिकारी दुई कार्यकाल राख्नुपर्ने सुझाव दिएका हुन् ।
यस्ताछन्, शाहीले पेश गरेका सुझाव
१. सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेशन एवं सम्मेलनहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । पदाधिकारी २ कार्यकाल राखौँ।
२. ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनु पर्छ जेनेरेसन पुस्तान्तरण को व्यवस्था राख्ने
३. जनवादमा उभिएको बलियो केन्द्रीकृत आवश्यक छ ।
४. अधिकार सम्पन्न संघ ,प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उम्मेदवार छनौट गर्ने । सरकार बनाउने , सरकार लाई निर्देशन गर्ने, मातहतका समिति संचालन गर्ने, उत्पादनको योजना बनाई कार्यान्वयन गर्ने ।
५. समिति साना चुस्त बनाउने , केन्द्रीय समिति ९९ जनाको बनाउने, प्रदेश ५१ जिल्ला र स्थानीय पालिका समिति २५ जनाको बनाउनु पर्ने ।
६. कार्यकर्ता नेता मुल्यांकनको विषय कामका आधारहरु पार्टी सदस्य विस्तार , संगठन निर्माण , अन्तर्विरोधको हल, चुनावको परिणामको आधारमा हुनुपर्ने ।
७. पार्टी सदस्य दिँदा परीक्षणकाल ३ महिना , त्यस पछि प्रतिनिधि , पदाधिकारीको उम्मेदवार हुने अधिकार सुनिश्चित गर्ने व्यवस्था राखौँ ।
८. अध्यक्षसहित भूगोलको इन्चार्ज २ वर्षका लागि अन्तर जिल्लाबाट बनाउने व्यवस्था राख्न आवश्यक छ ।
९. विधानमा बाधा अटकाउ फुकाउनु परे विधान सभा कायमै राखी यही विधान सभाले संशोधन गर्नुपर्ने ।
१०. गैर आवासीय नेपालीलाई पनि पार्टी सदस्य दिने
११. एक समितिमा पदाधिकारीरहरुको कार्यकाल २ पटक हुने
१२. प्रदेश समिति सदस्य स्थायी समिति सदस्य सरह बैठकमा बस्न पाउने व्यवस्था हुन आवश्यक छ ।
१३. विभिन्न विषयको अध्ययन र अनुसन्धान गर्नका लागि अनुसन्धान समिति केन्द्र र प्रदेशमा बनाउने ।
१४. सबै तहका पदाधिकारीहरु र जनप्रतिनिधिहरु पूर्णकालीन हुने बाँकी नेता कार्यकर्ता आवश्यकताको आधारमा पार्टी काममा लगाउने ।