काठमाडौं । नेपाल प्रहरीले ५ लाख डेनिस क्रोनरसहित दुईजना पाकिस्तानीलाई पक्राउ गरी आज ९बिहीवार० सार्वजनिक गरेको छ ।उनीहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधवार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।
समचार १
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक ९एसपी०हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।गृहमन्त्री श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका एसपीहरूलाई कार्यकाल सफलताको शुभकामना दिदैँ शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको हो ।माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, सात वटा प्रहरी गण, चार वटा ट्राफिक प्रहरी कार्यालय र एक अन्य गरी ३४ जना एसपीलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो ।
समचार २
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ ।बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।उहाँले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नका लागि एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो ।उहाँले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन उहाँले समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको जानकारी दिनुभयो ।
समचार ३
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सवारी साधनको सुविधा दिने सरकारको निर्णयविरुद्ध उच्च अदालत सुर्खेतमा अधिवक्ता खगेन्द्रबहादुर खनालले मंगलबार पूर्वमुख्यमन्त्रीलाई सवारी साधन दिने सुविधा नभएको भन्दै रिट दायर गरेका थिए ।बुधबार उच्च अदालत सुर्खेतले कारण देखाऊ आदेश जारी गरेको हो । निवेदकका तर्फबाट अधिवक्ताहरु टिकाप्रसाद पोखरेल, निरादेवी माङ्मुो, नवराज चौलागाई र निवेदक स्वयंले गरेको बहस, छलफल पश्चात न्यायाधीश सागर विष्टको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो रुआदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सो खुलाई बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं १–४ को हकमा मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेश सुर्खेत मार्फत र विपक्षी नं ५ का हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्न र अन्तरिम आदेश समेत माग भएको सम्बन्धमा दुवै पक्षको कुरा सुनी अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा छलफलका लागि फागुन ९ गतेको मिति तोकी दुवै पक्षलाई जानकारी गराउनु ।’
समचार ४
नेपाल प्रहरीले ५ लाख डेनिस क्रोनरसहित दुईजना पाकिस्तानीलाई पक्राउ गरी आज ९बिहीवार० सार्वजनिक गरेको छ ।उनीहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधवार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
समचार ५
साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहालाई १(० गोल अन्तरले पराजित गरेको हो ।अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितसँगै अल नासरले पहिलो लिगमा १(० को अग्रता लिएको छ । अब राउण्ड १६ को दोस्रो लिग फेब्रुअरी २१ मा हुने छ ।