काठमाडौं । सानैबाट कृषि क्रान्ति गर्दै आइरहेका मुगुका शाही दम्पति पछिल्लो समय गाईपालनबाट आत्मनिर्भर बन्नुका साथै सम्वृद्धिको यात्रामा हुइँकिरहेका छन् ।
समचार १
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश बनाउने खाका तयार पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।जनकपुरधाममा सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेशले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले देश निर्माणको खाका तयार पार्न दाहाल र ओलीलाई आग्रह गरेको बताउनुभएको छ ।
समचार २
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको समयमा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् । बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका छन् ।
समचार ३
दूर्गम हिमाली जिल्ला मुगुका एक दम्पतिले फेन्सी पसल गरेका शाही त्यो व्यवसायबाट राम्रो आम्दानी हुने संकेत नदेखिएपछि अहिले गाईपालनमा होमिएका छन् गाईपालनबाट सफलताका कथाहरु पनि बुनिरहेका छन् । सानैबाट कृषि क्रान्ति गर्दै आइरहेका मुगुका शाही दम्पति पछिल्लो समय गाईपालनबाट आत्मनिर्भर बन्नुका साथै सम्वृद्धिको यात्रामा हुइँकिरहेका छन् । सामाजिक सञ्जाल युट्युब हेरेर गाईपालनमा होमिएका शाही दम्पति उत्साहपूर्वक व्यावसायिक गाईपालनमा सक्रिय रुपमा लागिपरेका छन् । २०७७ सालदेखि गाईपालन सुरु गरेका शाही दम्पति पछिल्लो समय मनग्य आम्दानी गर्दै आइरहेका छन् । ५ वटा गाईपालनबाट कृषि पेसाको थालनी गरेका शाही अहिले १३ वटा गाई पालिरहेका छन् ।
समचार ४
राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएका छन् ।सामाजिक सञ्जालमार्फत् उनले भ्रष्ट शासकहरूसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएका हुन् । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका पक्षधरहरुले संयुक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने उनको भनाइ छ
समचार ५
क्यानडा( ११ ले नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा( ११ ले ४९।५ ओभरमा अलआउट हुदै २४० रन बनाएको हो ।क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए