काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सांगठनिक स्वरूप र संरचनाका बारेमा २० प्रस्ताव अघि सारेका छन्।
समचार १
बजेट ल्याउदा आफैँले पढेको बुदासँगै प्रदेशसभाबाट पारित भएको सीमाभन्दा बाहिर गएर आर्थिक मामिला तथा योजना मन्त्रालयले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउन खोज्दा बिबाद भएको हो । कांग्रेस निकट मन्त्रीहरु रहेको मन्त्रालयबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने ऐनमा सहमति दिए पनि माओवादीले पाएको मन्त्रालयबाट सहमति नपाउँदा काम रोखिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बजेट वक्तव्यको ७९ नम्बर बुँदा बढदै प्रदेशसभामा भनेका थिए ,‘संघीय सरकारको समन्वयमा प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पतालको रूपमा विकास गर्न आवश्यक कानुन तर्जुमा गर्ने व्यवस्था मिलाएको छु ।’ तर, तिनै मन्त्री सिंहले अहिले सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने भन्दै आफैँले पढेको बजेट वक्तव्यको विपरीत सहमति दिँदा समस्य भएको छ ।
समचार २
काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९(४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो।
हत्या भएकामा सात(आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन्।
समचार ३
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सांगठनिक स्वरूप र संरचनाका बारेमा २० प्रस्ताव अघि सारेका छन्।
पार्टी संरचनाबारे नयाँ ढंगले बहस गर्न थापाले ललितपुरको गोदावरीमा जारी महासमिति बैठकका सहभागीलाई २० बुँदामाथि सुझाव दिन भनेका हुन्।
उनले पार्टीका मूलभूत मान्यतालाई कायम गर्दै आवश्यकता र समयको मागअनुसार परिमार्जन गर्दै जानुपर्ने पनि बताए।
समचार ४
संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दु राष्ट्रको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएका छन । राप्रपाको पहिलो मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था रहेको छ । त्यस्तै दोस्रो मागमा सर्व धर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु अधिराज्य र प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने माग छ ।
समचार ५
आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो । विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने ४० ओभरमा आठ विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो छ ।