काठमाडौं । आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ करोड १६ लाख ६४ हजार राजश्व संकलन गरेको छ । सात महिनामा २९ करोड १५ लाख ४० हजार राजश्व संकलनको लक्ष्य भएपनि १८ करोड १६ लाख ६४ हजार मात्रै राजश्व उठेको हो । लक्ष्यअनुसारको ११ करोड राजश्व संकलन हुन सकेन ।
समचार १
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्यहरू गरेको बताउनुभयो ।
समचार २
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन्। प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रबार फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्।
सम्माननीय प्रधानमन्त्री तथा नेकपा९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सु–स्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ’, प्रचण्डको सचिवालयले भनेको छ। ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन्।
समचार ३
आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ करोड १६ लाख ६४ हजार राजश्व संकलन गरेको छ । सात महिनामा २९ करोड १५ लाख ४० हजार राजश्व संकलनको लक्ष्य भएपनि १८ करोड १६ लाख ६४ हजार मात्रै राजश्व उठेको हो । लक्ष्यअनुसारको ११ करोड राजश्व संकलन हुन सकेन ।
चालु आर्थिक वर्ष २०८०र८१ मा ५९ करोड १० लाख राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालय जुम्लाको वार्षिक लक्ष्य छ । तर बितेको सात महिनामा लक्ष्यभन्दा ११ करोड राजश्व कम संकलन हुनुले वार्षिक लक्ष्य भेटाउन मुस्किल हुने देखिएको छ ।
समचार ४
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन् । पुनरावेदन गर्न बिहीबार उच्च अदालत पाटनले माग बमोजिम लामिछानेलाई थुनाबाहिरै बसेर पुनरावेदनको सुविधा दिइएको हो। सन्दीपको माग अनुसार पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीबाट भएको आदेशमा थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा दिइएको हो ।
समचार ५
मोरङको बुढीगंगा गाउँपालिका९४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका९४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्।
आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।
ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए। लहरी पल्टिँदा तीन जना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए।
बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो। उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन्।