काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाले जानकारी दिएका छन् ।
समचार १
सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राजनीतिक दलले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताउनुभयो। उहाँले सबै राजनीतिक दल मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताउनुभयो।
समचार २
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ ।शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन् ।बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिंदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ,’ उनले भने ।
समचार ३
जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाले जानकारी दिएका छन् ।
बुढाका अनुसार आगलागी राति साढे ११ बजेको समयमा भएको हो । आगलागीबाट धनमाल, लत्ता, कपडा, अन्न, गरगहनासहित ४१ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
गाउँले र स्थानीय प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । घर जलेपछि २८ जनाको संयुक्त परिवार विस्थापित भएको छ ।
समचार ४
सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले काठमाडौंमा पनि पैदलयात्रा गरेका छन्। बिहान थानकोटको त्रिभुवन पार्कबाट हिँडेका उनीहरू भृकुटीमण्डप पुगेका हुन्।
भद्रकालीमा कोणसभा गर्ने र त्यहीबाट आफ्ना पीडा राज्यलाई सुनाउने उनीहरूको योजना छन्। त्यसअघि उनीहरू सिंहदबारको गेटैमा पुगेर आफ्ना माग सुनाउने योजनामा थिए तर प्रहरीले राष्ट्रिय सभागृहबाट अगाडि बढ्न दिएको छैन ।
समचार ५
साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन ९वाफ० च्याम्पियनसिपमा शनिबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ।अघिल्ला दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र प्यालेस्टाइन यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्। अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दा सिरियाले इराकको सामना गर्नेछ। त्यसैगरी समूह ‘ए’ बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ। समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन्। नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयअनुसार बेलुकी सवा ९ बजे शुरु हुनेछ।