काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताइन्।
समचार १
निजी क्षेत्रको तारा एयरलायन्सले कालिकोटको कोटबाडा सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको छ । भोली प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन हुने कोटबाडा सुनथराली विमानस्थलमा आज विहान तारा एयरलायन्सले सफल परीक्षण उडान गरेको हो ।
उद्घाटन पूर्व तयारीका सबै पक्षको अध्ययन गर्नकका लागि तारा एयरको ९नाईनएन–एकेएल० विमानले परीक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहराले बताए । उनले आज बिहान ९ः२१ बजे नेपालगञ्जबाट उडेको क्याप्टेन पीएस नगरकोटीसहित नौ जनाको प्राबिधिक टोलीसहितले सुनथराली विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको जनाए ।
समचार २
राष्ट्यि स्वतन्त्र पार्टी रास्वपा की केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद विनिता कठायतले कर्णाली समस्याको नभई अबसरको केन्द्र भएको बताएकी छन् । कर्णालीमा अशिक्षा,बेरोजगारी,अभाव,रोग भोग मात्र छैन् । कृषि,पर्यटन,जडिबुटि,जलविद्युतको प्रचुर सम्भावना भएकोले कर्णाली समस्या मात्र नभई अबसरको केन्द्र भएको उल्लेख गरिन् ।
कर्णालीको सम्भावनालाई अबसरमा बदल्न लगानी र नीतिकै अभाव रहेको भन्दै राज्यले कर्णालीको रिबी,अशिक्षा,विकटतालाई समस्याका रुपमा मात्र हेरेको गुनासो पोखिन् । राज्यले कर्णालीको अबसरलाई नजर अन्दाज गर्दै लगानीमा कन्जुसाई गर्दै आएको उनको भनाइ छ ।
समचार ३
माअोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका– ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभएको छ ।
समचार ४
देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर आएका लघुवित्त पीडितहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरू आज सिफलबाट थाल चम्चालगायतका भाँडा ठटाउँदै राष्ट्र बैंक छिर्ने बाटोसम्म पुगेर कोण सभा गरेका हुन् । उनीहरू आफ्नो माग पुरा नहुँदा सम्म आन्दोलन जारी राख्ने बताएका छन् । यसैबिच सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ ।
समचार ५
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताइन्। उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन्।
उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेकि छन ।