काठमाडौं । सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्यस्तै एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका – ३ का २८ वर्षका विजय राना रहेका छन् ।
समचार १
निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १९१० मा उपनिर्वाचन हुँदैछ।
त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए।
निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
समचार २
कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नंं। १ कोटबाडा स्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको एक लाख लगानीबाट निर्माण सुरु भएको ३८ वर्षपछि सोमबार नरहरीनाथ गाउँपालिकाको आयोजनामा विमानस्थलको औपचारिक उद्घाटन भएको हो । आईतबार दोस्रो पटक परिक्षण उडान सफल भएपछि सोमबार सुनथराली विमानस्थलको भव्य उद्घाटन गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले विमानस्थलको उद्घाटन गरेका छन् ।। रक्षामन्त्री खड्का संगै पर्यटन मन्त्री सुदन किराँती,कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा ,तत्कालीन मुख्यमन्त्री दोय जीवन बहादुर शाही र महेन्द्र बहादुर शाही,कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने लगायतका उच्च पदस्थ व्यक्ति सुनथराली पुगेर विमानस्थलको भव्य उद्घाटन गरेका छन् ।
समचार ३
सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्यस्तै एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका – ३ का २८ वर्षका विजय राना रहेका छन् । घाइते हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका – १ का २३ वर्षका रूपेश गिरी रहेका अस्थायी प्रहरी पोस्ट बादेपिपलले जनाएको छ । सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा ठोक्किएका प्रहरीले जनाएको छ ।
समचार ४
लघुवित्त पीडितहरू काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्।
सोमबार दिउँसो उनीहरू संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्।
लघुवित्त पीडितहरूले संसद परिसरमा नाराबाजी गरेका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन्।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ महिला र एक जना पुरूषलाई नियन्त्रणमा लिएको छ।
समचार ५
नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।