काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन मंसिर ४ गतेको चुनावपछि खरानीको डल्ला जस्तै फुटेर जाने बताएका छन्।
समचार १
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद र संसदीय समितिले दिएको निर्देशनहरूलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको बताएका छन् ।
बुधबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले समितिमा उठेका प्रश्नहरूलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन्। छन्। उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिँदै आएको बताउनु भएको छ।
समचार २
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन मंसिर ४ गतेको चुनावपछि खरानीको डल्ला जस्तै फुटेर जाने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावपछि सत्तारुढ गठबन्धन आफैं सकिने बताएका हुन्। उनले चुनावपछि खरानीको डल्ला जस्तै सत्तारुढ गठबन्धन फुटेर जाने बताए। मंसिर ४ को निर्वाचनबाट एमालेले बहुमत ल्याउने र त्यसपछि गठबन्धन आफैं खरानीको डल्लो जस्तो फुटिहाल्ने बताउँदै अध्यक्ष ओलीले भने, ‘गठबन्धनको औचित्य आफैं सकिएर जान्छ। एमालेको बहुमत आएपछि गठबन्धन किन राख्ने अर्थ नै छैन। त्यो आफैं हराएर जान्छ। ’
समचार ३
मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ४७ लाख ३ ४२ हजार रुपियाँ बराबरको ५०७ केजी निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवको सात महिनामा दोब्बरले यार्चागुम्बा निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
समचार ४
मुगु र तिब्बतको व्यापारिक सम्बन्ध टाढिदै गएको छ । कोरोना महामारीदेखि बन्द रहेको उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका अहिलेसम्म पनि खुलेको छैन । जसकारण मुगु(तिब्बत व्यापारिक सम्बन्धमा दुरी बढेको हो सन् १९७५ भन्दा अघिदेखि मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयबासी र तिब्बतको व्यापारिक सम्बन्ध जोडिँदै आएको, तर कोरोना महामारीबाट उक्त सम्बन्ध टाढिदै गएको भन्दै स्थानीयबासी चिन्तित देखिएका छन् ।
समचार ५
सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन ९नासा० मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छिन् । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार अध्ययनका लागि नासा प्रस्थान गरेकी हुन् । यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरिसकेकी छिन् ।