काठमाडौं । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् ।
पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध चार गोल गरेर बिजयी भएको छ ।
समचार १
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी-नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताउनुभयो ।
समचार २
ताँजाकोट गाउँपालिकालाई कृषिहबको रुपमा बिकास गर्ने भन्दै दोस्रो कार्यकालका जनप्रतिनिधिहरु निर्वाचित भए देखी निरन्तर रुपमा कृषि तथा फलफुलका बिरुवाहरु बितरर्ण गर्दै आएको छ । हरेक वर्ष १० हजार भन्दा बिरुवाहरु बितरण गर्दै आएको ताँजाकोट गाउँपालिकाले यतिबेला हिउँदे फलफुलका बिरुवा मात्र हरेक वडामा ३ सयका दरले दाँते ओखरका बिरुवाहरु बितरण गरेको छ ।
अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा गाउँपालिका भरी लागु भएका सबै कार्यक्रमहरुको अनुगमन गर्दै अनुगमनको आधारमा बिभिन्न कार्यक्रम मार्फत हिउँदे फलफलका बिरुवाहरु बितरण गरीरहेको छ ।
समचार ३
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याज पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताइन् । उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन् ।
समचार ४
जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् ।
पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध चार गोल गरेर बिजयी भएको छ । आयोजक जुम्ला फुटवल संघका अनुसार सुर्खेतका ९ नम्बर जर्सी खेलाडी नविन वलीले ३१ मिनेटमा पहिलो गोल, ५७ मिनेटमा दोस्रो गोल हानेका थिए । यसैगरी दोस्रो हाफमा सुर्खेतका १७ नम्बर जर्सी खेलाडि भरत नगलले ६० मिनेटमा एक गोल र ६८ मिनेटमा अर्को गोल थप्न सफल भएका थिए । सुर्खेत र मुगु विचको सो खेलमा मुगुले एक गोल गर्न सफल भएको छ । मुगुका मिसी शाहीले ४८ मिनेटमा उक्त गोल गर्नु भएको थियो ।
समचार ५
फुटपाटमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा चौतर्फी आलोचना भइरहेको छ । महानगर प्रहरीले ‘महानगर प्रहरी ऐन, २०८०’ विपरीत बल प्रयोग गरेको देखिन्छ । ऐनमा उल्लेख भए अनुसार सार्वजनिक आवागमनमा बाधा पुर्याई राखेका निर्माण सामाग्री पसल व्यवसायबाट भएको अवरोध हटाउन लगाउने नमानेमा आफैँ हटाइ, हटाउन लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्न पेस गर्ने महानगर प्रहरीको अधिकार क्षेत्रभित्र पर्छ । त्यस्ता अवरोध हटाउँदा बल प्रयोग गर्नुपर्ने विषय भने समेटिएको छैन ।