काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री बेदराज सिंहले कर्णाली लगानीको संभाव्य क्षेत्र भएको बताउनुभएको छ ।
समचार १
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम् भूमिका हुनुपर्ने बताउनुभएको छ ।
समचार २
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग आज भएको छलफलमा गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरी विधेयक पारित गरिने बताउनुभयो । साथै उहाँले लागुपदार्थ दुर्व्यसनको समस्या समाधान गर्न पालिकास्तरबाटै अभियान सञ्चालन गर्नु आवश्यक भएको बताउनुभएको छ ।
समचार ३
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री बेदराज सिंहले कर्णाली लगानीको संभाव्य क्षेत्र भएको बताउनुभएको छ ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको डिजिटल कर्णाली कन्क्लेभ ९प्रविधि सम्मेलन०को आज दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले कर्णाली पानी, खानी र पर्यटनको प्रचुर संभावनाको प्रदेश भएको बताउनुभयो ।
समचार ४
झापाको बालुवाटारमा भएको ५८ बिघा जग्गा घोटालामा माओवादी केन्द्रका स्थानीय नेता गगन भन्ने रेवतराज पुरी मात्रै नभएर त्यहाँका नापी अधिकृतको पनि प्रत्यक्ष मिलेमतो भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन १३ गते विशेष अदालतमा दायर गरेको मुद्दामा नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झा समेतको प्रत्यक्ष मिलेमतो भएको जिकिर छ ।
समचार ५
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय २१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५।२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जितसँगै नेपालले फाइनल पुगेको छ । नेपाल पोजिटिभ रन रेटका आधारमा फाइनलमा पुगेको हो ।