काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ ।
समचार १
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएकोछ ।
समचार २
नगर प्रहरीले फुटपाथ व्यवसायीहरूलाई निर्घात कुटपिट गरेको घटनाको प्रतिरक्षा गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उनीहरू सडक व्यापारी नभएको र नेकपा एमालेका संगठित कार्यकर्ता भएको बताए।
यति मात्र नभइ मेयर शाहले नगर प्रहरीमाथि स्टिलको रडसहित सांघातिक आक्रमण गरिएको दाबी इन्स्टाग्राममा पोस्ट गरे।
मेयर शाहले नगर प्रहरीमाथि आक्रमण गरिएको भिडियो नेपाल सरकारले मेटाइदिएको तर्कसमेत गरेका छन्।
समचार ३
कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् । जिल्लाभर १७ हजार चार सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा १७ हजार आठ सय ३५ जना बालबालिकालाई खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख सङ्केत विश्वकर्माले जानकारी दिए । कालीकोटमा फागुन १७ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो ।
समचार ४
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् ।
शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’ १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको ९हाइमेन इन्टयाक्ट० रहेको पोष्टमार्टमाबाट खुलेको छ ।
समचार ५
नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य बरुनाथ योगी नेकपा एमालेमा फर्किएका छन्। आइतबार उनीसहित २५ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका हुन्।
उनीहरूलाई नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका हुन्। एमालेमा फर्किनेहरूमा नेकपा एसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती विशुंके, प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल, विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाहीलगायतका नेताहरूरहेका छन्।
समचार ६
सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा रिन्जिन फुन्जोक लामा दोस्रो अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। यस वर्ष समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लाग्नु भएका लामाले ‘फ्यूचर फर नेचर अवार्ड २०२४’ प्राप्त गरेपछि उनी दोस्रो पटक सम्मानीत भएका हुन्।
हिमाली क्षेत्रमा पाइने हिउँ चितुवाको अध्ययन अनुसन्धानमा योगदान पुर् याएबापत सो अवार्ड लामाले उक्त अवार्ड प्राप्त गरेका हुन्।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरीलगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उनलाई अवार्ड प्रदान गरिएको फ्युचर फर नेचर फाउन्डेसनले जनाएको छ।
अवार्डको राशि ५० हजार युरो रहेको छ। लामाले वर्ष २०२३ मा सोही जनावरको सम्बन्धित ठाउँमा गएर अध्ययन गरेपछि फ्युचर फर नेचर अवार्ड २०२४ फेब्रुअरी २९ मा प्राप्त गरेका हुन्।