काठमाडौं । आइतबार मध्यान्ह पाँच बजेबाट अवरुद्ध भएको नेपाल टेलिकमका टेलिफोन सेवा सोमबार विहान साढे दश बजेबाट सुचारु भएको छ । आइतबार मध्यान्हबाट हुम्लामा इन्टरनेट, ल्यान्डलाइन, मोवाइल सेवा अवरुद्ध भएको थियो ।
समचार १
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्।
सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका हुन्।
‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ,’ उनले भने, ‘मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं।’
उनले आज निरन्तरतामा क्रम भंग गरेको पनि बताए।
समचार २
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरूको उद्देश्य भने नछोड्ने बताउनुभएको हो । नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० ले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरू निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवर्द्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गर्नुभयो ।
समचार ३
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रियामा बोल्नुहुँदै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रूपमा जन्मिएको सन्तान भएको उहाँको भनाइ छ । महासचिव विप्लवले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताउनुभयो । उहाँले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको जानकारी दिनुभयो । उहाँले जनयुद्धको प्रतिफल नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनुभयो ।
समचार ४
आइतबार मध्यान्ह पाँच बजेबाट अवरुद्ध भएको नेपाल टेलिकमका टेलिफोन सेवा सोमबार विहान साढे दश बजेबाट सुचारु भएको छ । आइतबार मध्यान्हबाट हुम्लामा इन्टरनेट, ल्यान्डलाइन, मोवाइल सेवा अवरुद्ध भएको थियो ।
शनिबारदेखि यता हुम्ला सहित कर्णाली प्रदेशका अधिकांस जिल्लामा हिमपातका साथै पानी परेका सिस्टममा समस्या आएको नेपाल टेलिकम, दुरसञ्चार कार्यालय हुम्लाका कर्मचारी राम बहादुर बोहराले बताउनुभयो । आइतबार हिमपात हुँदा हुम्लाको सिस्टममा समस्या नआएपनि डाफे लेखमा रहेको टावरमा पावर नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको बोहराले बताउनुभयो ।
समचार ५
कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ । तातोपानी–१ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा ढुंगा र माटोको पहिरो खसेको हो । तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले पहिरोले सडक पुर्ण रुपमा बन्द भएको बताए । उनका अनुसार सवारीसाधनहरु रोकिएका छन् ।
आवतजावत पनि ठप्प नै छ । पहिरो पन्छाउन डोजर प्रयोग भएपनि केही समय लाग्न सक्ने देखिएको छ । सवारी साधन आवागमन ठप्प भएपनि यात्रुहरु हिडेर यात्रा गर्न बाध्य छन्