काठमाडौं । जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट गरिएको छ।
हिमाली गाउँपालिका केन्द्र धुलाचौर रहेको बजारमा अवैध मदिरा लगायत समान अनुगमन कार्य तिव्र रूपमा गरिएको छ।
समचार १
निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरूलाई न्याय दिनको निम्ति सकारात्मक भूमिका खेलेको बताउनुभएको हो । उहाँले आयोग र कानुन बनाउँदै सरकार अगाडि बढेको भन्दै पछि सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले कतिपय प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवा समेत गरेको बताउनुभयो । निवर्तमान मन्त्री श्रेष्ठले यो कामलाई फत्ते गर्नुपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत पनि बताउनु भयो ।
समचार २
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समचार ३
जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट गरिएको छ।
हिमाली गाउँपालिका केन्द्र धुलाचौर रहेको बजारमा अवैध मदिरा लगायत समान अनुगमन कार्य तिव्र रूपमा गरिएको छ। धुलाचौर बजारमा अनुगमन गर्दा म्याद नाघेको तथा अवैध रूपमा बेच्ने राखिएको समान बरामद गरिएको छ। म्याद गुज्रिएको सुजी १४ पाकेट एक ५० रुपैयाँ मुल्य अनुसार रु। ७ सय रुपैयाँ भुजा ३ पाकेट ६० रुपियाँ सुपुरपावर सुर्ती २ सय ५० रुपैयाँ गरि जम्मा १ हजार १० रुपैयाँ जतिको म्याद गुज्रिएको समान जलाएर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय कर्मचारी नैन कुमार रावलले बताएका छन।
समचार ४
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।
समचार ५
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नयाँ समीकरण बनेर संघीय सरकार गठन प्रक्रिया अघि बढेको छ।
एमाले, माओवादी र रास्वपाबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न राष्ट्रपतिबाट शपथ लिइसके तर गठबन्धनभित्र भागबन्डा मिल्न बाँकी रहेकोले उनीहरू बिनाविभागीय छन्। गठबन्धनले थप दलसमेत भित्र्याउने तयारी गरिरहेको छ।