काठमाडौं । न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थानमा पुग्ने गरेका छन् । गाउँमा हुने चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन रहिआएको छ ।
समचार १
उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गरेका छन्।
आइतबार प्रधान कार्यालयमा निरीक्षण गर्दै उनले प्रहरी अधिकृतहरूले कुनै पनि नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस् भन्ने निर्देशन दिएका हुन्।
‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला। कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु। परेको चुनौती पनि व्यहोर्छु,’ उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्नरसुन्न नपरोस्।’
समचार २
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पुर्याउनु नै चुनौती भएको बताएका छन् । आइतबार पदभार ग्रहण गरेका यादवले अस्पतालमा परीक्षण वा सर्जरीका लागि अनलाइन वा डिजिटल प्रविधिमार्फत घरबाटै समय लिन सक्ने व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । त्यसपछि संक्षित कुरा गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पर्याउनु नै चुनौती भएको बताए । उनले अगाडि भने, ‘पहिला पनि राम्रै फिड ब्याक आएको छ । त्यो भन्दा अगाडि बढाउन सकिन्छ भनेर आएको हुँ ।’
समचार ३
न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थानमा पुग्ने गरेका छन् । गाउँमा हुने चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन रहिआएको छ । अदालती न्याय प्रणालीभन्दा ग्रामीण भेगका विभिन्न देवीदेवताप्रति बढी विश्वास मान्ने गरिएको छ । अड्डा अदालतमा टाठाबाठा र हुनेखाने मात्र जान्छन्, गरिबको न्यायालय भनेको नै देवीदेवताका थान हुने गरेको स्थानीय बताउँछन् । छायानाथ रारा नगरपालिका–६ का ७२ वर्षीय कर्णबहादुर ऐडीले बिनारुपियाँ र प्रक्रियामा जतिबेला पनि गाउँका प्रसिद्ध गुरादेवको थानमा आफूले न्याय पाउने गरेको बताए ।
समचार ४
सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीया अनिताकुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाटनजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
समचार ५
स्वार्थको मन्त्रालय जोडिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ। निवेदन युवराज सफलले आज प्रधानमन्त्री कार्यलय सिंहदरबारमा पुगेर दिएका हुन्। उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको तथा सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्न सभावना देखिएको बताएका छन्।