काठमाडौं । जाजरकोटमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् । भूकम्प गएको चार महिना बित्दा पनि यहाँका भूकम्पपीडितहरूले अस्थायी आवासको पहिलो किस्ता अझै पाउन सकेका गुनासो गरेका छन् ।
समचार १
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ उम्मेदवार बनाएको बताएका छन्।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गरेका थिए।
आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने उनले बताए।
समचार २
गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्नुहुन्छ ।
तर यसपटक उहाँले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गर्नुभएका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताउनुभयो ।
समचार ३
सत्तारूढ प्रमुख घटक नेकपा ९एमाले० का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्। नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उनले कुनै पनि खालको बाह्य शक्तिको दौडधुपबिना नै नयाँ सत्ता समीकरण बनेको बताएका हुन्। न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समिकरणलाई टिकाउने कुरा चुनौतिको रुपमा रहेको समेत स्वीकार गरे।
समचार ४
जाजरकोटमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् । भूकम्प गएको चार महिना बित्दा पनि यहाँका भूकम्पपीडितहरूले अस्थायी आवासको पहिलो किस्ता अझै पाउन सकेका गुनासो गरेका छन् । पुनर्निर्माणका काम अघि बढ्नुपर्ने बेलासम्म समेत अस्थायी आवासका लागि ५ हजार ६ सय ६९ लाभग्राहीले पहिलो किस्ताको रकम पाउन नसकेका हुन् । स्थानीय तहको ढिलासुस्तीका कारण सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रकम वितरण नगर्दा खातामै थन्किएको छ । भूकम्पले घरबारविहीन पीडितलाई अस्थायी आवासमा तत्काल सार्न सरकारबाट प्राप्त रकम वितरण प्रक्रियामा स्थानीय तहको ढिलासुस्तीका कारण भूकम्पपीडित थप बिचल्लीमा परेका छन् । हिउँदको चिसो त्रिपाल र टेन्टमुनि बस्दै आएका भूकम्पपीडित चिसो थेग्न नसकेपछि चर्किएका घरमा सर्न थाले पनि स्थानीय तहको वितरण प्रक्रिया कछुवा गति हुँदा भूकम्पपीडितको बिजोग भएको छ ।
समचार ५
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र चिनियाँ व्यापारीबाट लिएको ४ किलो सुनको भुक्तानी नदिएको कसुरमा चिनियाँ अदालतबाट दोषी ठहर भएको खुलासा भएको छ । तत्कालीन उपराष्ट्रपतिसमेतलाई जानकारी भएको यो विषय नेपालमा भने चार वर्षसम्म गुपचुप थियो । कान्तिपुरले सप्रमाण समाचार लेखेपछि अनुसन्धान सुरु भएको छ । जितेन्द्रले तिब्बतको पुराङ काउन्टी ९ताक्लाकोट० मा तमसुक गरेर हुम्लाको हिल्सा नाका हुँदै सुन ल्याएको पनि अदालतकै फैसलाबाट पुष्टि भएको छ ।