काठमाडौं । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।
आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।
बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।
एमालेको विधान अनुसार दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने व्यवस्था गरिएको छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्ने र आवश्यक निर्देशन दिने काम गर्दछ ।
सचिवालयद्धारा तयारी तिब्र
बैशाख ८ देखि १० गते हुने प्रतिनिधी परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक भोली बस्ने भएको छ ।
कार्यालय सचिव डा।भिष्मा अधिकारीका अनुसार केन्द्रीय कार्यालय च्यासलमा विहान ११।३० बजे बस्ने बैठकले प्रतिनिधी परिषदका विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाउने तयारी छ ।
यसैगरी इलामको उपनिर्वाचनको तयारी,कार्यकर्ता परिचालन,प्रचार शैली आदिका विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिनुभयो ।
महासचिवको नेतृत्वमा हुने एमालेको केन्द्रीय कार्यालयमा उपमहासचिव,सचिवहरु र कार्यसलय सचिव रहने व्यवस्था छ । केहीदिन भित्रै सचिवालयको बैठक बसेर प्रतिनिधी परिषदमा पेश हुने एजेण्डा र प्रतिवेदनलाई पनि अन्त्मि रुप दिने एमालेको तयारी छ ।