सुर्खेत । नेकपा माओवादी केन्द्र हुम्ला निर्वाचन क्षेत्र नम्बर (क) बाट निर्वाचीत प्रदेश सांसद रणसिंह परियार कर्णाली प्रदेश सरकारमा विना विभागीय मन्त्रीमा नियुक्त हुनु भएको छ ।
एमाले नेता यामलाल कँडेल नेतृत्वमा गठन भएको कर्णाली प्रदेश सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै परियारलाई प्रदेश प्रमुख तिलक परियारले बिना विभागीय मन्त्रीमा पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।
गएको २०७९ साल मंसिर ४ गते प्रदेश निर्वाचन क्षेत्र (क) नेकपा माओवादी केन्द्रबाट परियार प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । मन्त्री परियारले हुम्ला प्रदेश सभा (क) मा २०७९ को चिर्वाचनमा ६ हजार चार सय ८१ मत ल्याएर विजयी हुनु भएको थियो । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनु भएको थियो ।
कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारले आजै पद तथा गोपनीयताको शपथ समेत लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्री परियार लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध भइ राजनितीक यात्रामा सक्रिय हुँदै आउनुभएको छ ।
आज माओवादीको तर्फबाट परियार विनाविभागीय मन्त्री बन्नु भएसँगै, मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने भएको बताइएको छ । मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । माओवादी स्रोतका अनुसार यसअघि मन्त्री बनेका भन्दा पनि नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी छ । जसमा विन्दमान विष्ट, महेन्द्र केसी र दुर्ग रावत सम्भावित व्यक्तिहरूमा पर्दछन् ।
प्राथमिक तहको शिक्षक पद त्यागेर माओवादीको दशवर्षे जनयुद्धमा डब्लु टी भएका परियार २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सूचीमा राखिएको भनिएपनि अन्तिममा आएर बन्द सूीचबाट हटाइएको थियो । पटक पटकका निर्वाचनमा उम्मेरदवार बनाउने हल्ला चलाइएपनि अन्तममा फुत्काइने परियार २०७९ को निर्वाचनमा प्रत्यक्ष निर्वाचनबाट बिजयी हुनु भएको हो ।
एमालेको समर्थनमा माओवादी नेता राजकुमार शर्मा नेतृत्वको सरकारमा सहभागी हुने कुरा भएपनि अन्तिममा माओवादीको प्रमुख सचेतक रहनु भएका परियार एमाले माओवादी गठबन्धनको सरकारमा माओवादीको तर्फबाट पहिलो मन्त्री बन्नु भएको हो ।
स्रोतका अनुसार बिहिबार प्रदेश सभामा मुख्यमन्त्री कँडेलले विश्वाशको मत लिएपछि थप मन्त्रीहरुले सपथ लिने र मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरिने छ ।