जुम्ला । नेकपा (एमाले) जुम्लाको अध्यक्षका लागि निवर्तमान अध्यक्ष शान्तिलाल महत र नेता धिरेन्द्र राज गिरीले दावी गर्नु भएको छ ।
जुम्ला सदरमुकाम खलंगामा जारी नवौं जिल्ला अधिवेशनको बन्दशत्रमा सहमती हुन नसकेपछि महत र गिरीले अध्यक्षका लागि उम्मेरदारी दर्ता गराउनु भएको हो । अध्यक्ष पदका प्रत्यासी मेनका पछाईले भने आप्mनो उम्मेरदारी फिर्ता लिनु भएको एमाले जुम्ला स्रोतले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा र पदम बहादुर बुढाको उम्मेदवारी परेको छ । सचिव पदमा आदीप्रसाद न्यौपाने र मानबहादुर रोकाया, दुई वटा उपसचिव पदमा धमेन्द्र रोकाया, मेनका रेग्मी, सुशिला भट्टराई र धनबहादुर बुढाको उम्मेदवारी परेको छ ।
भौगोलिक क्षेत्रतर्फ गुठीचौरमा पाँच जना सदस्य पदका लागि ७ जना, पातारासीबाट ६ जना मध्ये तीन जनाको मात्रै सदस्य पदमा उम्मेदवारी परेको छ । चन्दननाथबाट ११ जनाको सदस्य पदमा २१ जना, तातोपानीबाट १२ सदस्यमा १३ जनाको उम्मेदवारी परेको अधिवेशनको निर्वाचन मण्डलले जनाएको छ । तिलामा भने सर्वसम्मत भएको छ ।
हिमा गाउँपालिकाबाट ७ मा १३ जना, सिंजाबाट ९ जना सदस्य पदमा १२ जना, कनकासुन्दरीबाट ९ सदस्य पदमा ८ जनाको मात्रै उम्मेदवारी परेको छ ।
खुला सदस्य पाँच जनामा १० जनाको, खुला महिला सदस्य तीन जनामा ७ जनाको, ४० वर्ष मुनिका युवा सदस्य एक जनामा १२ जना, अपांगता, जनजातीतर्फ १।१ जना सदस्य गरेर ४ जनामा ७ जनाको उम्मेदवारी परेको छ ।
लेखा समितिको अध्यक्षमा धिरेन्द्र कुमार शाही र युवराज वमको उम्मेदवारी परेको छ । आयोगको उपाध्यक्षमा देवकी अधिकारी, सचिवमा लालविर नाथ योगी र सदस्यमा पाँच जनाको उम्मेदवारी परेको जनाएको छ ।
जुम्लाका ८ वटै स्थानीय तह र जनवर्गिय संगठनबाट गरी ३४४ जना प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन् ।
जिल्ला अधिवेशनले पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटि चयन गर्ने छ ।