सुुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतभन्दा महिला उपस्थितीमा सुधार हुँदै गएको बताएका छन् ।
सुर्खेतमा शनिबार राष्ट्रिय महिला आयोगले आयोजना गरेका नीतिगत तहमा महिला पहुँच स्थापित गराउने विषयमा प्रदेशसभा सदस्य र संसदीय समितिका सभापतिसँगको कार्यक्रमका बोल्दै उनले यस्तो सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले समाजका हरेक क्षेत्रमा अवसर पाउने मात्र नभई महिलाले नेतृत्व लिने तहमा आफूलाई उभ्याउनु पर्ने बताए । उनले कुरिती, अन्धविश्वास र पुरानो मूल्य र मान्यता कर्णालीबाट नहट्दा संविधानले सुनिश्चित गरेका हक अधिकारहरु कार्यान्वयनमा चुनौती रहेको उल्लेख गरे ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कल्पना पराजुलीले महिलाहरुको अवस्थाका बारेमा बुझ्न कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेको बताउँदै कर्णालीमा कानुनभन्दा देउता बलियो पाएको बताइन् । यो अवस्थालाई परिवर्तन गर्न नसके महिलाहरुको नीतिगत तहमा सहभागिता नहुने भन्दै अध्यक्ष पराजुलीले महिलाहरु सधै विभेदमा परिरहने बताइन् ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक एवम् प्रदेशसभा सांसद हिक्मत विष्टले तीनै तहका सरकारहरुले महिला सहभागितासँगै सशक्तिकरणको पाटोलाई एक साथ लगेमात्रै महिला सवालमा रहेका समस्या हल गर्न सकिने जनाए । निर्वतमान उर्जामन्त्री उर्मिला विश्वकर्माले महिला सहभागिताको सवालमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताईन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले देशमा लोकतन्त्र स्थायित्वपछि महिलाहरुको हरेक क्षेत्रमा सहभागिता बढेको तर, अपेक्षाकृत नभएको दृष्टान्तलाई बिर्सन नहुने बताइन् । ‘उनले भनिन,हिजोको प्रितृसत्ताबाट महिलाहरु माथि उठेर सर्वोच्च नेतृत्वमा पुगेका उदाहरणहरु तपाई हामी माझ छन्, आफूले प्राप्त गरेका हरेक अवसरमा आफ्नो कार्यकौशलता प्रर्दशन गर्न जरुरी छ ।