सुर्खेत । कर्णाली प्रदेश सभा सभामुख नन्दा गुरुङले प्रदेश सभा अँझै पनि सिकाइकै चरणमा रहेको बताउनु भएको छ ।
प्रदेश सभाकाको पुर्व संसद क्लवद्धारा आयोजित समृद्धीका लागि क्षमतावृद्धी कार्यक्रमलाई संवोधन गर्दै सभामुख गुरुङले यस्तो बताउनु भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेकै दिन सभामुख गुरुङले कर्णाली प्रदेशको समृद्धीका लागि प्रदेश सभामा भैरहेको गतिविधिहरुलाई जनता समक्ष पुर्याउने कामा सञ्चार माध्यमको ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो ।
‘संसदका बहस, जनप्रतिधिका गतिवधिलाई जनता समक्ष पुर्याउने माध्यम नैं सञ्चार हो’ संवोधनका क्रममा सभामुख गुरुङले थप्नुभयो, ‘प्रदेश सभाका लागि संसदीय अभ्यास सिकाईकै चरणमा छ । यो कामलाई संसद र सञ्चारको सम्बन्धले थप बलियो बनाउने काम गर्दछ ।’
प्रदेश सभाका प्रमुख सचेतक, प्रदेश सभाका सदस्य, पुर्व सदस्यहरुको सहभागिता रहेको कार्यक्रमलाई संवोधन गर्दै उहाँले कर्णालीको समृद्धी र विकासले लागि प्रदेश सभाले कर्णालीका सबै सरोकारवालासँग समन्वय गर्दै आइरहेको दावी गर्नुभयो ।
संसदको कार्यभार संसदले मात्र थाहा पाएर हुदैंन । यसबारेमा आम नागरिकले बुझ्न सके मात्रै थप प्रभावकारी हुने मान्यता प्रलदेशसभाले राख्ने भनाई उहाँले राख्नुभयो ।
पुर्व सांसद क्लवका अध्यक्ष दल रावलको अध्यक्षतामा आयोजित कार्यक्रममा पहिलो प्रदेश सभाको अनुभवका बारेमा धर्मराज रेग्मी, संसद र संचारमाध्यमका विषयमा पत्रकार रुपेश श्रेष्ठले आप्mना प्रस्तुती राख्नु भएको बताइएको छ ।