काठमाडौं । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनोटमा लागेको नेकपा (एमाले)ले ६३ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीको आन्तरिक सुदृढिकरणमा रहेको सत्तारुढ दल नेकपा (एमाले)ले ६३ वटै जिल्लाबाट आप्mनो नयाँ नेतृत्व छनोछ गरेको हो ।
यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पदिएको केन्द्रीय कार्यालयको निर्देशन अनुसार अहिले देशभरका जिल्लाहरु आप्mनो अधिवेशनमा लागेको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालै सम्पन्न उपनिर्वाचनका कारण इलाममा जिल्ला अधिवेशन गर्न बाँकी छ भने तेह्रथुममा आन्तरिक विवाद भई संगठन विभागले अध्ययन गरिरहेको छ । त्यस्तै मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएकाले केहि समय पछि त्यहाँ अधिवेशन गरिने छ ।
शुक्रबार रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको एमालेले मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोकेको छैन् ।
'गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ', विभग प्रमुख गौतमले नेपालवोटसँग भन्नुभयो, 'त्यहाँ पनि पार्टी केन्द्रसँगको समन्वयमा छिट्टै मिति तोकेर अधिवेशन गर्नमा स्थानीय पार्टी लगिपरेका छन् । '
स्थानीय, जिल्ला र प्रदेशमा अधिवेशन नेतृत्वबाट नयाँ नेतृत्व निर्वाचित गरेर मिशन ८४ को पहिलोका कामका रुपमा संगठन सुदृढिकरणलाई प्रमुख कार्यभारका रुपमा अघि सारेको एमालेले कतिपय जिल्लाहरुमा पालिका र वडाका अधिवेशन मार्फत धमाधम नयाँ नेतृत्व छान्ने काम गरिरहेको छ ।