सिमकोट । नेकपा माओवादी केन्द्रले जिल्लाको सर्केगाड बोहका प्राय वडाहरुको वडा अधिवेशन सम्पन्न गरेको छ ।
जिल्ला कमिटिको बैठकको निर्णय अनुसार सर्केगाड र केहि अन्य वडाहरुको अधिवेशन बोहक सबै वडामा एकै साथ शनिबार वडा अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र हुम्लाले जनाएको छ ।
अदानचुली गाउँपालिकामा सम्पन्न भएका वडा अधिवेशनले वडा नम्बर १ मा पुर्णलाल थापाको अध्यक्षतामा २५ सदस्यीय, वडा नम्बर २ मा लालबहादुर सुनारको अध्यक्षतामा २५ सदस्यीय, वडा नम्बर ३ मा भक्त नेपालीको अध्यक्षता २५ सदस्यीय, वडा नम्बर ४ मा कलबहादुर थापाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठान गरिएको माओवादी केन्द्र अदानचुली गाउँकमिटिका अध्यक्ष हरिदल पुनले जानकारी दिनुभयो ।
वडा नम्बर ५ लाल सिंहको अध्यक्षतामा र वडा नम्बर ६ मा गोर कटेलको अध्यक्ष २५ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा निर्वाचित भएको माओवादीको युवा संगठन वाइसिएल हुम्लाका संयोजक सुवर्ण रोकायाले जानकारी दिनुभयो ।
त्यस्तै ताजकोट गाउँपालिकाका ५ वटै गाउँ कमिटिले आज एकै साथ अधिवेशन सम्पन्न भएको गाउँकमिटिका इन्चार्ज गोपाल बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ मा राजबहादुर खड्का, वडा नम्बर २ मा कर्णप्रशाद जैसी, वडा नम्बर ३ मा मनबहादुर शाही, वडा नम्बर ४ मा मनप्रसाद जैसी र वडा नम्बर ५ मा बलबान रावलको संयोजकत्वमा २५÷२५ सदस्यी वडा कमिटि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
गाउँपालिकाका सबै वडाबाट निर्वाचित कमिटिहरुको एकै साथ सपथ ग्रहण, प्रमाणपत्र वितरण र बधाइ कार्यक्रम आगामी जेठ ३१ गते छप्रेलामा गर्ने भएको माओवादी केन्द्र ताजकोटले जनाएको छ ।
उता सिमकोट गाउँपालिका वडा नम्बर सातमा धाज बहादुर शाहीको अध्यक्षतामा वडा कमिटि नयाँ नेतृत्व चयन भएको जानकारी प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर नम्बर तीन रायामा पनि धनबहादुर बोहराको अध्यक्षतमा नयाँ नेतृत्व भयन भएको बताइएको छ । जिल्लाका अन्य गाउँपालिकामा समेत नेकपा माओवादी केन्द्रले वडा कमिटिमा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको जिल्ला पार्टी सचिव धर्मराज बोहराले बताउनुभयो ।
जिल्लाको मध्ये क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकामा आगामी असार १५ गते एकैसाथ गर्ने निर्णय भएकाले आज नभएको माओवादी हुम्लाका कार्यालय सचिव नेत्र महताराले जानकारी दिनुभयो । काम विषेशले सर्केगाडमा आज संभव नभएपछि जिल्ला पार्टीकै सल्लाहमा असार १५ गतेका लागि अधिवेशन तय गरिएको हो ।