सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकाका लेखा अधिकृत दत्त थापालाई हातपातको प्रयास भएको छ ।
यस अघि पनि भुक्तानीकै विषयमा हातपातको प्रयास भएका लेखा अधिकृत थापालाई असार मसान्तको अघि फेरी हातापातकाmेप्रयास भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले जानकारी दिए ।
अधिकृत महाताराका अनुसार थापालाई काम गरिरहेकै अवस्थामा उनको कार्यकक्षमै गएर गतवर्ष काम गरेको रकम नपाएको भन्दै धम्क्याउदै हातपातको प्रयास भएको हो ।
गत आर्थिक वर्ष गाउँपालकाको करिब ५ करोड भन्दा धेरै रकम फ्रिज गएपछि यहाँका उपभोक्ता समितिहरुले रकम पाउनुले पटक पटक फ्रिज गएको रकमको भुक्तानी गर्दिन गाउँपालिकामा दबाब दिदै आएका छन् । गाउँपालिकाले पनि सोहि अनुसार यस वर्षको बजेटलाई फ्रिज गएको रकममा विनियोजन पनि गरेको छ ।
काम गरेको योजनाको रकम आफुले पनि नपाएको भन्दै अदानचुली ४ का पुर्व वडा अध्यक्ष विष्नु थापा र स्थानीयपदम बुमीले पनि हातपातको प्रयास गरेकाले यहाँ काम गर्ने वातावरण नभएको भन्दै लेखापाल सुर्खेतमै बसेर काम गरेको पालिका स्रोतले जनाएको छ । चालु आर्थिक वर्षको आर्थिक वर्ष सकिन केहि दिन मात्र बाँकी रहेका बेला अदानचुली ३ का मनोज फडेरा लगायत ३ जनाको समुहले हातपातको प्रयास गरे पछि लेखापाल दत्तबहादुर थापाले प्रहरी चौकी श्रीनगरमा आजै निवेदन दिएको र हातपातको प्रयास गर्ने तिनै जनालाई प्रहरी चौकी गल्फागाडमा ल्याइसकेको प्रहरी चौकी श्रीनगरले जनाएको छ ।
उनिहरुका अनुसार हामीले काम गरेको रकम पाउनु पर्ने, गत वर्ष देखि हालसम्म नपाएका पसल होटलका बिलहरुको भुक्तानी नगएकाले नागरिक लगायत हामी व्यावसायीहरु मर्कामा गरेको र पटक पटक भुक्तानिको लागि जाँदा पनि भुक्तानी नगरेको दाबी गर्दै आएका छन् ।
यता लेखापाल थापाले भने आफुले जहाँबाट भए पनि निरन्तर काम गरी रहेको तर यता आउदा पटक पटक काम गर्ने वाताबरण नबनाइ धम्की र त्रासमा काम गर्नुपर्ने बताएका छन् । उनका अनुसार एकातिर आर्थिक वर्ष सकिनै लाग्दा आफूले निरन्तर काम गरी रहेको र अघिल्ला वर्षका भुक्तानीहरु यस वर्ष कानूनले नै भुक्तानी दिन नसकिने भएकाले समस्या भैरहेको बताउँदै आएका थिए तर आज एक्कासी कार्यालयमा आई हातपात गरेको बताइएको छ । हातपात गर्ने तिनै जनालाई प्रहरी चौकीमा लगे पनि निबेदक लेखापाल चौकीमा नभएका कारण अहिले भने छलफल नभएको प्रहरी चौकी श्रीनगरका इन्चार्ज देबहादुर खड्काले बताए । कार्यालयमै यस किसिमको अभद्र व्यबहार गरेको भन्दै गाउँपालिकामा कार्यरत क्रमचारीहरुले प्रहरीचौकीमा सामुहिक निवेदन दिएको बताइएको छ ।